Pages

Saturday, August 18, 2018

रेडियो पश्चिम पोखराको आयोजनामा वातावरणमैत्री खुल्ला तिज गीत प्रतियोगिता भदौ २२ गते


पोखरा, १ भदौ । 
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा रेडियो पश्चिम पोखराले वातावरणमैत्री खुल्ला तीज गीत प्रतियोगिता एवं शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएको छ । 
अघिल्ला वर्षहरुमा वातावरण सम्बन्धी सचेतना दिने उद्धेश्यले सडक नाटक मन्चन तथा रेडियोबाट विभिन्न वातावरणमैत्री कार्यक्रम प्रशारण गरेको रेडियोले यस पटक तिजको अवसरमा वातावरणमैत्री तिज गीत प्रतियोगिताको आयोजना गरेको हो ।
सिटीपोखरा डट कम अनलाइन पार्टनर रहेको प्रतियोगिताका लागि कर्मचार्य वेक्स एण्ड फुट्स प्रा.लि.को एक उत्कृष्ट उत्पादन कर्मचार्य डाईजेष्टिक विस्कुट्सले मुख्य प्रायोजन गरेको छ ।
आगामी भदौ २२ गते शुक्रवार हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको रेडियोका सञ्चालक मोतिसागर अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि आवेदन खुल्ला भइसकेको र आवेदन फाराम रेडियोको कार्यालयमा प्राप्त गर्न सकिनेछ भने फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ । आवेदन भदौ २२ गते बिहान १० बजे सम्म भर्न सकिनेछ ।
गीतको माध्यमबाट समाजमा वातावरण सम्वन्धी सचेतना जगाउने उद्देश्यले वातावरणमैत्री तिज गित प्रतियोगिताको आयोजना गरिएको अधिकारीले जनाए । प्रतियोगितामा प्रथम हुनेले ११ हजार १ सय ११, द्वितीय हुनेले ७ हजार १ सय ११, तृतीयले ४ हजार १ सय ११ र सान्त्वना हुनेले २ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट नृत्य र भेषभूषालाई आकर्षक पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । उक्त कार्यक्रममा  तारापति सुवेदी, जीवन दाहाल, लक्ष्मी नेपाली साथै अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने रेडियोले जनाएको छ ।
कार्यक्रममा पोखराका उद्योग, व्यवसायी, संघ–संस्था, आमा समुह, राजनीतिज्ञ, कला, साहित्य, सांस्कृतिक, शिक्षा लगायत विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरुको सहभागिता रहने  अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त अवसरमा सामुहिक दर खुवाउने कार्यक्रम समेत रहेको छ ।
नेपाली लोक संस्कृतिको संरक्षण र संवद्र्धन गर्नका साथे वातावरण सफा राखौें भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा गाउने गीतहरु पनि सोही अनुरुप, समय सान्दर्भिक हुनुपर्ने रेडियोका कार्यक्रम संयोजक अमृता अधिकारीले जानकारी दिईन् । उनका अनुसार प्रतियोगीहरुले राजनीति र कोही कसैमाथि आक्षेप लगाउने खालको गीत गाउन पाउने छैनन् र एक टिममा नृत्य सहित ७ जना सम्म रहन पाउनेछन् । प्रतियोगिताको रेडियो पश्चिम पोखराले प्रत्यक्ष प्रशारण गर्नेछ । प्रतियोगितामा करिब २५ टिमको सहभागीता रहने रेडियोको अपेक्षा छ । 
यसै गरी सहप्रायोजकमा हेमजा आधुनिक सुपर मार्केट र कर्मचार्य ग्रुपको उत्कृष्ट उत्पादन कोसेली शुद्ध तोरीको तेल रहेका छन् भने प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको छ । कार्यक्रमको प्रायोजकहरूमा सुजल डेरी प्रालिको उत्पादन सफल दूध, नारायण प्लाई उद्योग लेखनाथ, पञ्च आयुर्वेद बुद्धचोक, हङकङ व्युटी इन्स्टिच्यूट कलेज  महेन्द्रपुल, हेमजा निर्माण कन्ट्रक्सन,  हेमजा आरएमसी प्रालि हेमजा, हेमजा हस्पिटल रिसर्च सेन्टर प्रालि, विजी हस्पिटल प्रालि माटेपानी, एक्सपर्ट एजुकेशनल भिषा एण्ड सर्भिसेस सिद्धार्थचोक, एस स्याङजा सुन चाँदी पसल विन्दवासिनी, रूपाकोट ज्योती सुनचाँदी पसल, गुरूङ व्युटी पार्लर, वेकन प्रिमियर एजुकेशन सिद्धार्थ चोक, मैला घडी मर्मत सेण्टर बगर, कैलाश विकास बैैक हेमजा शाखा, ईआईए सिएकलेज सिर्जनाचोक, स्याङजा ज्वेलर्स सुनचाँदी पसल मोहोरिया टोल, दलबहादुर सुनचाँदी पसल रामबजार र शाखा सिर्जनाचोक, शुभकामना सुनचाँदी पसल चिप्लेढुङगा, हिमालयन कलेज हस्पिटालिटी म्यानेजमेन्ट महेन्द्रपुल, अन्नपुर्ण सुपर मार्केट महेन्द्रपुल, बस्ताकोटी रिसोलिङ टायर, दि युनाईटेड गोल्ड मार्ट चिप्लेढुङ्गा र आविष्कार क्लिनिक वुद्धचोक लगायतका रहेका छन् ।

No comments:

Post a Comment

Please, comment about this article.