पोखरा । पोखरामा २ दिने गुरुङ भाषा लेखन शैली तालिम सुरु भएको छ । गुरुङ भाषाको संरक्षण गर्ने उद्देश्यले तमु संचारकर्मी संघ, कास्कीको आयोजना, हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा तमु प्ये ल्हु संघ केन्द्रिय महिला समिति, पोखराको बिशेष सहयोगमा सुरु भएको कायक्रमको एक समारोहको विच शनिवार उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेह नम्बर ४ का प्रदेशसभा सभासद् माननिय मिना गुरुङले पानसमा दियो प्रज्वलन गरी गरेकी थिईन । २ दिन सम्म चल्ने तालिममा बुद्धी गुरुङले प्रशिक्षण दिनेछन् भने ५० जना प्रशिक्षार्थीको सहभागिता रहको छ । तालिममा गुरुङ भाषाको लिपि सम्बन्धी जानकारी दिईने साथै लेख्न पनि सिकाईने तमु संचारकर्मी संघ, कास्कीका अध्यक्ष शान्ति गुरुङले बताईन । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि मिना गुरुङले सिकेका कुरालाई ब्यावहारमा उतार्न सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै गुरुङ भाषाको संरक्षणको लागी आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताईन् ।
सोही अवसरमा प्रमुख अतिथि तथा प्रदेश नम्वर ४ का सभासद मिना गुरुङलाई सम्मान पनि गरिएको थियो । गुरुङ समुदायबाट प्रदेशसभामा निर्वाचित हुन सफल भएकोमा तमु संचारकर्मी संघ केन्द्र र जिल्लाले संयुक्त रुपमा माननिय गुरुङलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो । कार्यक्रममा तमु प्हे ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी गुरुङ, तमु प्हे ल्हु संघ महिला कार्य समितिका केन्द्रिय अध्यक्ष पुष्पा गुरुङ, तमु संचारकर्मी संघका सल्लाकार तथा पूर्वअध्यक्ष हुम गुरुङ लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
तमु संचारकर्मी संघ, कास्कीका अध्यक्ष शान्ति गुरुङको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष शिला गुरुङले गरेकी थिईन भने सञ्चालन सचिव सुरज गुरुङले गरेका थिए ।
No comments:
Post a Comment
Please, comment about this article.