मिति २०७५/०२।१६ गते राती अं. २१:०० बजेको समयमा जिल्ला पर्वत जलजला गाउँपालीका वडा नम्बर ७ लालुङ बस्ने तुल वहादुर बि.क.को ढुङगा माटोले बनेको खरले छाएको १तले कच्ची घरमा राती खाना बनाएर छोडेको आगो बाल-बच्चाले खेलाउने क्रममा अचानक घरमा सल्कीन गई आगोलागी हुँदा घर पुर्ण रुपमा जली नष्ट भएको छ । उक्त आगो रातीको १२ बजेको समयमा नियन्त्रणमा आएको छ । उक्त घटनाका विषयमा खबर प्राप्त हुनासाथ प्रहरी ली खटिगई बुझ्दा उक्त आगोलागीबाट घर तथा घरमा रहेको अन्नपात, लत्ताकपडा समेत जली अन्दाजी ७,००,०००(सात लाख)बराबरको क्षेती भएको छ ।
No comments:
Post a Comment
Please, comment about this article.