पोखरा, ३ जेठ
आफ्नो घर आँगन आफै सफा गरौं फोहोरलाई मोहरमा परिणत गरौं भन्ने मूल नाराका साथ पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० ले टोल विकास संस्था र आमा समूहका पदाधिकारीहरुलाई १ दिने वडास्तरीय सरसफाई तालिम एक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० का वडाध्यक्ष राजकुमार गुरुङको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको उक्त तालिमको पानसमा दीप प्रज्वलन गरी तालिमको उद्घाटन गर्नुहूँदै स्मार्ट सिटी वडा बनाउन सबै टोलका घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गरी स्वच्छ, सुन्दर, हराभरा वडा निर्माण गर्न सहयोग गर्नुपर्ने विचार राख्नुहुँदै आवश्यक परे टोल टोलमा तालिम दिने व्यवस्था मिलाउने बताउनुभयो ।
कार्यक्रममा हेरालो प्रतिष्ठान कास्कीको विशेष सहयोगमा आयोजित तालिममा वेष्ट मेनेजमेन्ट रिसाइकलिङ प्रालि पोखराको सहयोगमा सम्पन्न गरिएको उक्त तालिममा ६० वर्ष पहिले जापानको स्थिति र हालको लगायत पोखरामा हुने फोहोरको विषयमा प्रशिक्षक हेरालो प्रतिष्ठान कास्कीका निवर्तमान अध्यक्ष रोश गुरुङले बताउनुहुँदै फोहोरलाई मोहरमा परिणत गर्न घरघरमा फोहोर छुट्याउने व्यवस्था मिलाई ल्याण्डफिल साइडकोआयु बढाउन हामी सबै लाग्नुपर्ने बताउनुभयो । तालिममा टोल विकास संस्था र महिला समूहका गरी ८० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा हेरालो प्रतिष्ठान कास्कीका अध्यक्ष झम गुरुङ, पोखरा उद्योग बाणिज्य संघका निवर्तमान उपाध्यक्ष इश्वर कर्माचार्य, वडा नं. १० का वडा सदस्य प्रतिमा विक पोखरेल, वडा सचिव महेन्द्र बहादुर खवास लगायतले आफ्नो विचार राख्नुहुँदै राम्रा कार्यको सबैले सराहना गर्नुपर्ने र वडाबासीले त्यस्ता काममा सहयोग गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा हेरालो प्रतिष्ठानका कार्यकारी उपाध्यक्ष चित्र गुरुङ, वडा सामाजिक परिचालक टिकादेवी कँडेल कोइरालाको उपस्थिति रहेको उक्त तालिममा वडा सदस्य निशा मल्ल ठकुरीले स्वागत गर्नुभएको थियो ।
१ दिने तालिममा सभापति एवं वडा सदस्य सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. १० मा सरसफाई अभियान संचालन गरी टोल टोललाई जागरण गराउने विचार राख्नुभएको थियो । तालिमको संचालन दिपक बहादुर थापाले संचालन गर्नुभएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.