पोखरा १ जेठ
पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ अन्र्तगत तल्लो सिमलबोट टोलमा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ ।
उक्त टोल स्थित निराजन चोकमा निर्मित प्रतिक्षालयको हालै एक समारोहकाबीच उद्घाटन गरिएको ढुङ्गेसाँघु आमा समूहका अध्यक्ष भीमा केसीले जानकारी दिईन् । आमा समूहका निवर्तमान अध्यक्ष जानुका (पार्वती) कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि कार्कीले प्रतिक्षालयले यात्रुहरुलाई सावरीधानको प्रतिक्षा गर्न सहज हुने बताईन् । कार्यक्रममा विशेष अतिथि एवं सामुदायिक खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष ललित बहादुर भण्डारी, तल्लो सिमलबोट टोल विकास संस्थाका अध्यक्ष प्रेम बहादुर थापा, श्रृजना तमु समाजका अध्यक्ष हरिबहादुर गुरुङ, गलेश्वर यूवा क्लबका अध्यक्ष आशिष भण्डारी, टोल विकास संस्थाका उपाध्यक्ष गणेश भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
सो अवसरमा प्रतिक्षालय निर्माणका लागि सहयोग गर्ने तल्लो सिमलबोट टोल विकास संस्थाका उपाध्यक्ष गणेश भण्डारी, स्थानीय भीम बहादुर थापा र केदार केसीलाई सम्मान समेत गरिएको थियो ।
समूहका अध्यक्ष भिमादेवि खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उमा थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने सचिव सरु अधिकारीले गरेकी थिईन् ।
No comments:
Post a Comment
Please, comment about this article.