विष्णुहरि पौडेल
लेखनाथ ,२८ वैशाख। पोखरा लेखनाथ ३३ मा रहेका भरतपोखरी विकास मञ्चले संचालन गरेको ३ दिने उद्घोषण तालिम शुक्रवार सम्पन्न भएको छ । महिलाहरुलाई लक्षीत गरी कुनै पनि सभा सम्मेलनमा ढुक्कसँग बोल्ने बानीको विकास गराउने उदेश्यले आयोजना गरिएको उद्घोषक तालिम समापन समारोहमा बोल्दै कोप्स नेपालका महासचिव रामचन्द्र शर्माले मञ्चले भविश्यमा पनि यस प्रकारका तालिमहरु राखेर सामाजिक उत्तरदायित्व बहन गर्नु पर्ने वताएका थिए ।प्रशिक्षक शुष्मा पौडेलले तालिमबाट प्रशिक्षार्थीहरुमा ढुक्कसग कार्यक्रमहरु संचालन गर्न सक्ने विश्वास ब्यक्त गरेकी थिईन । कार्यक्रममा सहभागीहरुको तर्फबाट सरिता ढकाल, प्रमिला रानाभाट,कल्पना विक, रुवि वास्तोला,जमुना नेपाली राधा वाग्ले लगाएतले तालिमले आफुहरुलाई भविश्यमा उद्घोषक बन्न प्रेरणा मिलेको बताएका थिए । भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लिराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक विजया भण्डारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने विहानी वचत तथा ऋण सहकारीका सचिव किरण पोखे्रल लेखनाथ पत्रकार मञ्चका सचिव नेशनल एफ एमका समाचार वाचक विष्णुहरि पौडेल लगाएतले वोलेका थिए । तालिममा २२ जना महिलाहरुको सहभागीता रहेको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.