- पोखरा बैशाख, ५ गतेपोखरा तथा आसपासका ईलाकामा मोटरसाईकल चोरी गर्ने गिरोहलाई धादिङबाट पक्राउ गरिएको छ । मिति २०७२।/०८/२२ गते जिल्ला कास्की पोखरा उ.म.पा.वडा नं.६ हल्लनचोक स्थित टेकनाथ भण्डारीको ग १० प ६७३३ नं. को बुलेट मोटरसाईकल चोरी गर्ने धादिङ जिल्ला झर्लाङ गा.वि.स. वडा नं. २बस्ने बर्ष २५ को राहुल तामाङ र ऐ ऐ बस्ने बर्ष २५ को अर्जुन तामाङ तथा चोरीको उक्त मोटरसाईकल खरिद गर्ने रसुवा जिल्ला स्याफ्रुवेंशी-९ बस्ने आमोश तामाङलाई पोखराबाट मोटरसाईकल चोरी गरी धादिङ पु(याएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङसंग समन्वय गरी मिति २०७३/०१/०४ गते धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. ३ पुछारबजारबाट पक्राउ गरी पोखरा ल्याई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी मुद्वामा म्याद थप गरी थपअनुसन्धान भईरहेको छ।
प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा पक्राउ प्रतिवादीहरु मध्येका अर्जुन तामाङ मोटरसाईकल चोरी मुद्वामा केन्द्रिय कारागारमा ४ बर्ष जेल सजाय भुक्तान गरी २०७१ असोज महिनामा छुटेकोभन्ने बुझिएको ।
Pages
▼
No comments:
Post a Comment
Please, comment about this article.