पोखरा,चैत्र २,गते आज मिति २०७२/१२/२ गते बिहान अं.१०:३० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ पृथ्वीचोकको शिवालय मार्गमा रहेको सभ्यता मनी ट्रान्सफरको कार्यालयमा अपरिचित ब्यक्ति मोटरसाईकलको हेल्मेट लगाई कार्यालय भित्र प्रवेश गरी पेस्तोल देखाई डर, धम्की दिई नगद लुटपाट गरी भागेको भन्ने खवर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिई गई स्थानियबासीहरुको सहयोगमा लुटपाटमा संलग्न जिल्ला सुनसरी धरान नगरपालिका घर भई हाल पोखरा १० रामबजार बस्ने बर्ष ३७ को प्रशान्त थापा मगरलाई निजले लुटन प्रयोग गरेको एयर पेस्तोल १ नाल, ऐ। को छर्रा १३ थान, बा।२४।प। ४०७९ नम्बरको मोटरसाईकल र लुटिएको नगदरु. रु. ६,४५,५००।( ९ अक्षरुपी छ लाख पैतालिस हजार पांच सय सहित पक्राउ गरिएको ।
पक्राउमा परेको प्रशान्त थापा मगरलाई आजै सम्मानित अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की
पक्राउमा परेको प्रशान्त थापा मगरलाई आजै सम्मानित अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की
No comments:
Post a Comment
Please, comment about this article.