पोखरा २३ फागुन
पोखराको ईन्द्रचोकमा रहेको थ्रि एन्जल्स ईन्टरनेशनल मीसन स्कूल स्थापनाको पाँचौ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
विद्यालय परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी केदार आचार्यले शिक्षण सिकाईमा गुणस्तरीयता कायम गर्नुपर्ने बताउनुभयो । पहिलो पाठशाला घर भएको बताउँदै घरमा दिईएको शिक्षाको आधारमा नै बालबालिकाको शिक्षाको स्तर विकाश हुने उहाँको भनाई थियो । शिक्षकहरु असल भए विद्यार्थीहरु असल हुने भन्दै आचार्यले विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई शिक्षकले पहिचान गराईदिन सक्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कास्कीका बाल अधिकार अधिकृत बद्री वाग्लेले बालमैत्री वातावरणमा शिक्षा दिनु आजको आवस्यकता भएको भन्दै उनीहरुको समग्र शैक्षिक उन्नतीलाई ख्याल गरिनुपर्र्ने बताउनुभयो । सबै विद्यार्थी आँफैमा उत्कृष्ठ हुने बताउँदै वाग्लेले शिक्षाको व्यवहारिक प्रयोग अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।
विद्यालयका संस्थापक निर्देशक डा राजेन्द्र गौतमले विद्यालयले विद्यार्थीहको चौतर्फी हितका लागि शिक्षा प्रदान गर्ने विश्वाश दिलाउनुभयो । सर्वाङ्गीण विकाश गर्ने शिक्षाको आवस्यकतामा विद्यालय सदैव लागिपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश पाण्डेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा अझ शशक्त ढंगले अघि बढ्ने योजना रहेको बताउनुभयो ।
यसैबीच विद्यालयले विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको छ । जस अन्र्तगत जुनियर लेवलतर्फ कक्षा ३ का सागर बादी र पुनु तामाङ्ग, तथा सिनियर लेबलतर्फ कक्षा ७ का विनुमाया प्रजा र कक्षा ६ का जिवित कुश्मा थारु रहेका छन् । यस्तै विशाल बादी र अप्सरा राईले उत्कृष्ठ खेलकूद पुरस्कार प्राप्त गरेका छन् । अनुशाशन विधातर्फ कक्षा ७ का खुश्वु शाह र कक्षा ८ का विनोद कुमाल पुरस्कृत भए । यसैगरी ब्लू हाउसलाई उत्कृष्ठ सदनको पुरस्कारबाट पुरस्कृत गरिएको छ । उत्कृष्ठ विद्यार्थीहरुलाई कास्कीका बाल अधिकार अधिकृत बद्री वाग्ले, थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक डा. राजेन्द्र गौतम, वित्त निर्देशक डा.मदन थापा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा किन्डर गार्टनका विद्यार्थीहरुले प्रस्तुत गरेका राईम्स, कक्षा १, २, र ३ का विद्यार्थीहरुले प्रस्तुत गरेको नृत्य, बालगीत, एवं विभिन्न कक्षाका विद्यार्थीहरुले प्रस्तुत गरेको नेपाली तथा अंग्रेजी नाटकप्रति अभिभावकहरु मन्त्रमुग्ध भएका थिए ।
विद्यालयका संस्थापक निर्देशक डा राजेन्द्रकुमार गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सिद्ध माविका प्रधानाध्यापक शंकर ज्ञवाली, अभिभावक प्रतिनिधि रमाकान्त गौतम, समाजसेवी बलराम पौडेल, भक्त केसी लगायतले विद्यालयको प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक बेजप्रसाद जोशी, सोसिलय पब्लीक स्कूलका प्रिन्सिपल खिम गुरुङ्ग, वडा समन्वय समिति पोखरा १५ का अध्यक्ष प्रकाश पौडेल, विद्यालय व्यवस्थापन सहल्लाहकार समिति सदस्य लक्ष्मण बानिया, राम बानिया, तोरण बानिया, तल्लो नयाँगाउँ टोल विकाश संस्थाका उपाध्यक्ष विष्णु आचार्य लगायतको उपस्थिति रहेको थियो ।
विद्यार्थीका तर्फबाट उमिता दहाल र विद्यालयको तर्फबाट सहायक प्रिन्सिपल अनर्व विश्वासले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन कक्षा ७ का छात्रा खुश्वु शाह र कक्षा ९ का छात्र अशिम पाण्डेले गरेका थिए ।

No comments:
Post a Comment
Please, comment about this article.