पोखरा पौष २४ गते
आफुलाई बेलायती सेनाको जागिरे बताउदै सोझा सादा युवतीहरुलाई बिवाह गर्ने प्रलोभनमा पार्ने साजन घले ९गुरुङ ० भन्ने प्रेम बहादुर सुनारलाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङजा जिल्लाको कोल्मा (४ घर भएका निजले पोखरेली साजन गुरुङनामको फेसबुक आई डी बनाई फेसबुकको प्रोफाईलको फोटो समेत वेलायती सेनाको ड्रेस लगाएको हाली आफु बेलायती सेनामा कार्यरत रहेको पूर्व घर कास्की जिल्लाको घान्द्रुक भई हाल पोखरा उ.म.पा. वडा नं.१० घलेचोकमा स्थायीरुपमा बस्दै आएको भनी युवतीहरुलाई आफुले विवाह गर्न चाहेको र विवाह पस्चात बेलायत लैजाने भनी प्रलोभनमा पारी युवतीका अस्मितामा खेलवाड गर्ने र हाम्रो संस्कार अनुसार स्वयंवरमा माईती पक्षका गरगहना लगाउन मिल्दैन गर गहना सबै घर पक्षबाट लगाउने हो भनि महिलाहरुले लगाएका सुनका गर गहना समेत खोल्न लगाई लुटी बेसहारा बनाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । निज साजन घले ( गुरुङ ) भन्ने प्रेम बहादुर सुनारले कास्की जिल्लाका अलावा स्याङजा, पर्वत,बुटवल र चितवनका युवतीहरुलाई समेत उल्लेखित करतुत गरी प्रलोभनमा पारेको समेत बुझीन आएको छ । निज उपर मानव बेचबिखन तथा ओसार पसार मुद्वामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

No comments:
Post a Comment
Please, comment about this article.