पोखरा, पुष ६ गते
अर्थ मन्त्री डा. रामशरण महतले काँग्रेस नेता बसन्त गौचनको निधन प्रति गहिरो शोक व्यक्त गर्नु भएको छ । काँग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका डा. महतले स्वर्गिय गौचनको आज क्रिया शुद्धिको सातौं दिनको अवसरमा पोखराको थकाली समाज गृहमा आयोजित शोक सभामा दुख व्यक्त गर्नु भएको हो ।
उहाँले स्वर्गिय गौचनको निधनले काँग्रेसले एक कुशल संगठक र निष्ठावान कार्यकत्र्ता गुमाउनु परेको बताउनु भयो । साथै उहाँले स्वर्गिय गौचनका भाई सभासद् रोमी गौचन, श्रीमती विमला गौचन र अन्य परिवारजनमा समवेदना प्रकट गर्नु भयो ।
सो शोक सभा कार्यक्रममा सभासद् एवम् काँग्रेस केन्द्रिय सदस्य गगन थापा र रत्ना शेरचन, सभासद् शारदा पौडेल, सभासद् रेशम वानिया, सभासद् महेन्द्र शेरचन, नेपाल प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल लगायतले समवेदना प्रकट गर्नु भएको थियो भने क्रिया शुद्धि कार्यक्रममा स्वर्गिय गौचनका आफन्तहरु, ईष्टमित्र, पत्रकार, पर्यटन व्यवसायी लगायतको सहभागीता रहेको थियो ।
काँग्रसका नेता स्वर्गिय गौचन यस क्षेत्रका अगुवा कार्यकत्र्ताका रुपमा स्थापित हुनुहुन्थयो भने नेपालको हवाई र पर्यटन क्षेत्रमा विज्ञका रुपमा रहनु भएको थियो ।
६१ वर्षिय गौचनका एक श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ । मुस्ताङको लेथेमा जन्मिएका स्वर्गिय गौचन पोखराको डेमसाईडमा बस्दै आउनु भएको थियो ।

No comments:
Post a Comment
Please, comment about this article.