![]() |
Pokhara Bangy jump पोखरामा बन्जी जम्प |
पोखरा, २३ भाद्र /साहासिक खेल बन्जी जम्प दुई साता भित्र पोखरामा सन्चालन हुने भएको छ । हाईग्राउण्ड एडभेन्चर नेपाल प्रालिले पोखरामा बन्जी जम्प शुरु गर्न लागेको हो । जिप फ्लायरको सफलतासंगै पोखरामा अर्को साहासिक खेल बन्जी जम्प संचालनमा ल्याउन लागेको प्रालिका अप्रेसन म्यानेजर दिनेश मर्हजनले बताए । उनले १० पछि पोखराको हेम्जामा निमार्ण भएको बन्जी जम्पको सन्चालान आउने बताए । बन्जी जम्प निमार्णको करीब ९५ प्रतिशत काम पुरा भएको मर्हजनले बताए ।
![]() |
Pokhara Bangy jump पोखरामा बन्जी जम्प |
करीब ७० फिट उचाइको टावरबाट बन्जी जम्प
गर्न सकिने भएको छ । ७० फिट उचाइको टावर बनाउन करिब २० फिटको टावर बनाएको छ
भने करीब १८ फिट गहिरो पौडी पोखरी बन्दै गरेको उनको भनाई छ । पोखरी
स्थानीय खोलाको पानीलाई प्रयोग गरिने उनले गन्थन डटकमलाई जानकारी दिए ।
बन्जी जम्प निमार्ण गर्न करीब ७ करोड
लगानी भएको छ भने यस अगाडी जिप लाइनका लागी करिब १३ करोड खर्च भएको थियो ।
पर्यटकीय क्षेत्र सराङकोटको डाँडाबाट कास्कीको हेम्जा याम्दीसम्म १
किलोमिटर ८ सय मिटरसम्मको दुरीमा जिपफ्लायरको दुरी रहेको छ । सराङकोटको
टावरबाट हेम्जाको याम्दीमा रहेको अर्को टावरसम्म २ वटा केवल तन्काईएको र
त्यसैबाट झर्ने ब्यवस्था मिलाईएको हो ।
तस्विर: राजेश लम्साल
http://www.rajeshlamsal.com.np/
News by:http://ganthan.com
No comments:
Post a Comment
Please, comment about this article.