पोखरा १९ असार गते/अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकी पोखरामा प्रहरी जवान आधारभूत तालिम १०० औं टोली (घ) समुहको अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार मान सिंह भण्डारीको प्रमुख आतिथ्यतामा समापन भएको छ । उक्त तालिम प्रहरी प्रधान कार्यालय मानवस्रोत बिकास बिभाग तथा भर्ना छनौट शाखाको बिज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा भर्ना छनौट भई पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलको तत्वावधानमा संचालन भएको थियो । १७१ कार्य दिन रहेको सो तालिममा ४९ जना प्रशिक्षार्थीहरु दीक्षान्त भएका छन । सो समारोहमा कास्की जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, उधोग ब्यबसायी, रेवानका पदाधिकारी र दीक्षित भई जाने प्रशिक्षार्थीहरूका अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।
सो समारोहमा प्रमुक अतिथि प्र।व।उ। केदारमानसिंह भण्डारीले उत्कृष्ट प्रशिक्षक एंव प्रशिक्षार्थीहरुलाई पुरस्कार वितरण गर्नु हुदै तालिम पश्चात कार्य क्षेत्रमा समेत सफलतापुर्वक लाग्न निर्देशन दिनु भएको, कार्यक्रमको संचालन प्रहरी निरीक्षक सुर्य बहादुर बोगटीले गर्नु भएको, तालिम सम्बन्धी प्रतिबेदन प्रहरी निरीक्षक रामचन्द्र पौडेलले पेश गर्नु भएको थियो भने प्रशिक्षार्थीहरुलाई सपथ प्रहरी नायव उपरीक्षक बसन्त रन्जितकारले गराउनु भएको थियो ।

No comments:
Post a Comment
Please, comment about this article.