पोखरा ३१, जेठ ।
ईनरह्वील क्लब अफ पोखरा मिड टाउनको आयोजनामा एक दिवसीय बोल्ने कला तालिम शनीबार पोखरामा सम्पन्न भएको छ । क्लबका सदस्यहरुमा बोल्ने कला तथा आत्मविश्वासको बृद्धि गराउने उद्धेस्यका साथ सञ्चालन गरिएको सो तालिममा क्लबका १२ जना महिलाहरुको सहभागिता रहेको थियो ।
शनिबार दिनभर चलेको सो तालिमको सहजीकरण गर्दै मुख्य प्रशिक्षक एवं थ्रि एञ्जल्स सामुदायिक रेडियोका समाचारप्रमुख जीवन सुवेदीले बोल्ने कला सबैका लागि उत्तिकै आवस्यक रहेको बताउनुभयो । उहाँले तालिममा सिकेको ज्ञान र सीप प्रयोग गरी व्यवहार परिवर्तन गरेमा मात्र तालिम सफल हुने विचार व्यक्त गर्नुभयो । समापनका अवसरमा बोल्नुहुँदै रोटरी क्लब अफ पोखरा मिड टाउनका उपाध्यक्ष एवं ज्योतिकुञ्ज सेकेण्डरी बोर्डिङ स्कूलका प्रिन्सिपल पुरन कुँवरले प्रत्येक कार्यक्रमलाई आकर्षक बनाउने भन्ने कुरा उद्घोषकमा भर पर्ने भएकाले सफल उद्घोषक सबै संघ संस्थाका लागि आवस्यक हुने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै ईनरह्वील क्लब अफ पोखरा मिड टाउनका उपाध्यक्ष शर्मीला श्रेष्ठ कुँवरले मञ्चमा गएर कार्यक्रम सञ्चालन गर्ने प्रकृया नजान्दा धेरै समस्या हुने गरेको बताउँदै तालिमबाट प्रकृयाका बारेमा राम्रो ज्ञान पाएको बताउनुभयो । क्लबका अध्यक्ष सारदा शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव अनु मल्लले गर्नुभएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.