जेष्ठ ३१, पोखरा ।
कास्की जिल्लामा २०६६ साल देखि दर्ता भई निष्कृय रहेको सामुदायिक सेवा केन्द्र कालिकाको शनिवार दोेश्रो साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
कालिका गाविस झाझरमारेमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजेश नाथ बास्तोलाले व्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्घाटन गर्नुभयो । शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि बास्तोलाले नागरिक प्रहरी हातेमालो गरेर समाज समृद्धिको लागि अगाडी बढनु पर्ने बताउनु भयो । सोही अवसरमा कालिकामा बढदै गएको विकृति विसंगति न्यूनिकरणको लागि सामुदायिक प्रहरी सेवा केन्द्रलाई क्रियाशिल बनाउन कालिका बासीलाई अनुरोध गर्नुभयो ।
अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य गोविन्द अधिकारीले गरे भने श्री कृष्ण तिमल्सेना, राधा देवी भुजेल, एकबहादुर कार्की, निर्मल दियाली सुनार, ईश्वरी अधिकारी, भानुभक्त ढकाल, दया बराल, बिमलबहादुर कार्की, प्रहरी निरीक्षक गंगाबहादुर थापा लगायतका अतिथिहरुले शुभकामना दिदै सामुदायिक सेवा केन्द्रको आवश्यकता तथा भुमिकाको बारेमा बोलेका थिए ।
सचिव राजेश भण्डारीले संचालन गरेको कार्यक्रमले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गराउदै प्रहरी प्रधान कार्यालयबाट निर्दिष्ट सामुदायिक सेवा केन्द्र संचालन सम्बन्धी निर्देशिका तथा प्रस्तावित विधान बमोजिम विधान संशोधनको लागि निर्णय गरेको छ । अबिधेशनको बन्द सत्रले अध्यक्ष राजेश भण्डारी, उपाध्यक्ष डाल्डादेवी भुजेल, सचिव दिनेश अधिकारी, सह सचिव गोविन्द प्रसाद अधिकारी, कोषाध्यक्ष विन्देश्वरी त्रिपाठी, सदस्यहरु नविन चन्द्र तिमल्सेना, पुष्पराज त्रिपाठी, डम्बरबहादुर नेपाली, राजेश भुजेल, कृष्ण तिमल्सेना, राजेश अधिकारी, लेखनाथ भण्डारी, दामोदर भण्डारी, हुमनाथ अधिकारी, विष्णुमाया पौडेल लगायतको कार्य समिति निर्विरोध चयन गरेको छ ।
सोही अवसरमा निर्वाचन मण्डलका संयोजक सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव विमलबहादुर कार्कीले नव निर्वाचित कार्य समितिको सफल कार्यकालको शुभकामना दिदै सामुदायिक सेवा जस्तो पवित्र सेवामा आउनुभएकोमा सम्पूर्ण पदाधिकारीहरुलाई पवित्र मन वचन र कर्मले कार्य गर्ने अठोट लिएर अगाडि बढन अनुरोध गर्नुभयो भने निर्वाचन मण्डलका सदस्यहरु शैलेन्द्र मोहन भट्टराई, ईश्वरी प्रसाद अधिकारी, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका ईन्चार्ज प्रहरी नायव निरीक्षक रेशम पौडेलले सफल कार्यकालको शुभकामना दिएका थिए ।

No comments:
Post a Comment
Please, comment about this article.