असार ६, पोखरा ।
जिल्ला नवलपरासी स्वाठी गा.वि.स. वडा न. ९ घर भई पोखरा उप.म.न.पा. वडा नं.१५ रामबजार बस्ने बर्ष ३० कि गंगा कुमारी घर्तीले भारत महाराजगंज जिल्ला पिपरहिया ग्राम बस्ने मोहम्मद खलिल खानबाट अवैध लागू औषध खरिद गरी ल्याई जिल्ला खोटाङ वाकाचोल ९ बस्ने बिर बहादुर तामाङ समेतको सहयोग लिई पोखरा नगर क्षेत्र तथा वरपरका स्थानहरुमा बिक्रीबितरण गर्दछन भन्ने प्राप्त सूचनाको आधारमा खोजतलास एंव अनुसन्धान गर्ने क्रममा लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको बिशेष प्रहरी टोलीले मिति २०७१/३/५ गते पोखरा ८ शिवालयचोकबाट निम्न ३ जना ब्यक्तिहरुलाई लागू औषध नर्फिन ईन्जेक्सन १०० थान, डाईजापाम ईन्जेक्सन १०० थान, फेनरागन ईन्जेक्सन १०० थान सहित पक्राउ गरीएको छ । निजहरु उपर लागू औषध मुद्दामा अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका ब्यक्तिहरु :
१. भारत महाराजगंग पिपरहिया बस्ने बर्ष ४२ को मोहम्द खलिल खान
२. खोटाङ जि. वाकाचोल घर भई पोखरा सिमलचौर बस्ने बर्ष २९ को बिर बहादुर तामाङ
३. जि. नवलपरासी स्वाठी ९ घर भई पोखरा १५ बस्ने बर्ष ३० कि गंगा कुमारी घर्ती ।

- जिल्ला प्रहरी कार्यालय कास्की
No comments:
Post a Comment
Please, comment about this article.