पोखरा, बैशाख २९, पोखरा ९ महेन्द्रपुलमा रहेको गरिमा बिकास बैंकबाट ले.न.पा. ६ बस्ने कुसुम क्षेत्रीले रकम झिकी झोलामा राखी बाहिर हिडीरहेको अवस्थामा भारत कटीहार जिल्ला विहार राज्य घर भई हाल पोखरामा बस्ने वर्ष १४ को नेहाल कुमारले मुखमा बिस्कुट चपाई विस्कुटको लेदो पारी निज महिलाको शरिर र कपडामा फाली दिएको निज महिलाले उक्त रकम रहेको झोला भुईमा राखी टकटक्यान लाग्दा निज नेहाल कुमारले रकम रहेको झोला लिई भाग्दै गर्दा तत्कालै निज व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान कारवाही भईरहेको छ ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.