पोखरा उप.म.न.पा. वडा नं. १८ बस्ने उषा के.सी. लगायत सपरिवार आफनो घरमा ताला लगाई उपचारको लागि मिति २०७१/१/२१ गते काठमाण्डौ गएकी र मिति २०७१।१।२५ गते घर फर्कि घरमा हेर्दा ताला फोडी घर भित्र कोठमा रहेका सामानहरु लथालिङ्ग पारी कोठमा रहेको सुनका गरगहना, क्यामरा, ल्यापटप, चरेसका थाल, कचौरा, भिडियो क्यामेरा, मोवाईल र रकम समेत चोरी भएको हुँदा आवश्यक कारवाही गरि पाउँ भनि निज उषा के.सी. ले यस कार्यालयमा निवेदन दिनासाथ उक्त घट्नामा संलग्न हुन सक्ने व्यक्तिहरुको खोजतलास एवं अनुसन्धान गर्ने क्रममा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले मिति २०७१।०१।२८ गते निम्न ६ जना व्यक्तिहरुलाई चोरी गरेको सुनको मंगल सुत्र १ थान, कानमा लगाउने मुन्द्रा २ थान, भिडियो क्यामेरा थान १, औठी १, डेल ल्यापटप १, चरेशको थाल र कचौरा ६, मोवाईल २ सहित पक्राउ गरी चोरी मुद्धामा अनुसन्धान कारवाही भईरहेको छ ।
पक्राउमा परेका व्यक्तिहरु:
१) जि. कास्की पोखरा ११ रामघाट बस्ने वर्ष ३४ कि सन्तुमाया सार्की
२) जि. कास्की पोखरा ५ पश्र्याङ्ग बस्ने वर्ष २४ को सोम पुन
३) जि. कास्की पोखरा १७ घर भै हाल पोखरा ५ बस्ने धन बहादुर गौतम
४) जि. कास्की पोखरा ९ बस्ने वर्ष २२ को हल्दार भन्ने बिमल पाण्डे
५) जि. कास्की पोखरा ९ पृथ्वीचोक बस्ने वर्ष १५ को जिवन नेपाली
६) जि. कास्की पोखरा १४ चाउथे बस्ने वर्ष १७ को अर्जुन बि.क.

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.