Saturday, May 31, 2014

अनन्ता सामुदायिक सेवा समितिमा लागू औषध दूव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम - Drugs control program held by Ananta Community Service-Pokhara


जेष्ठ १५, पोखरा ।
 अनन्ता सामुदायिक सेवा समितिको आयोजना र जिल्ला प्रहरी कार्यालय कास्की तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको प्राविधिक सहयोगमा पोखरा २ विन्दबासिनी स्थित अनन्ता सामुदायिक सेवा समितिको सभाहलमा एक दिने लागू औषध दूव्र्यसनी सम्बन्धी प्रशिक्षण विहीबार सम्पन्न भयो ।
अनन्ता सामुदायिक सेवा समितिका अध्यक्ष सीता कुमारी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक रेशम पौडेलले  लागू औषधको बारेमा श्रव्य र दृष्यको माध्यमबाट सहजीकरण गरेका थिए भने आयोजक संस्थाका कार्य समिति तथा सदस्यहरु, सल्लाहकारहरु, अर्चलबोट पुन समाज आमा समूह, महिला परोपकार समूह टोल विकास संस्था समेतको सहभागिता रहेको कार्यक्रममा लागू औषधको कुप्रभावको बारेमा तयार पारिएको वृत्तचित्र उन्मुत्ती समेत प्रर्दशनी गरिएको थियो ।
संस्थाका सचिव शर्मिला रेग्मीले संचालन गरेको कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक पूर्व अध्यक्ष माया सुवेदीले समाजमा विद्यमान लागू औषधको कुप्रभावलाई न्यूनीकरण गर्न यो कार्यक्रम निकै फलदायी रहने बताईन ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष दहालले लागू औषधले हाल पोखरालाई ग्रस्त बनाउदै गएकोले यस प्रकारका सचेतनामुलक कार्यक्रमहरु प्रत्येक व्यक्तिलाई दिन आवश्यक रहेको बताईन ।  
   
Community Police Kaski
                         

No comments:

Post a Comment

Please, comment about this article.