Thursday, February 6, 2014

अन्तर सामुदायिक भ्रमण टोलीसँग अन्तरक्रिया तथा तालिमको समापन

माघ २२, पोखरा ।
सिद्धार्थ सामुदायिक सेवा केन्द्र भैरहवाको भ्रमण टोली र कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रहरुको बीचमा अन्तरक्रिया एवं ६ महिने निशुल्क प्लम्बिङ तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजनामा श्रावण महिना देखि संचालन भएको ६ महिने निशुल्क प्लम्बिङ तालिममा ११ जना युवाहरुले तालिम प्राप्त गरेका थिए ।
संस्थाको सभाहलमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराका निमित्त कार्यालय प्रमुख तुलसी प्रसाद पौडेलले सामुदायिक सेवा केन्द्र र आफ्नो सामिप्य सम्बन्ध रहेको र यस खालका तालिमले वेरोजगार युवाहरुलाई रोजगार बनाउने र युवा वर्गमा आएको विकृतिबाट अलग रहने हुदाँ यस खालका तालिम अति आवश्यक रहेकोले सामुदायिक सेवा केन्द्रको नारालाई शिखरमा पु¥याउनको लागि भविष्यमा समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
 अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष, निवर्तमान अध्यक्ष सीता गुरुङ, संस्थापक अध्यक्ष मंगल बहादुर नेपाली, प्रहरी नायव निरीक्षक रेशम पौडेल, उपाध्यक्ष ध्रुवबहादुर क्षेत्री, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव जयराम अधिकारी, बगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, बैदामका सदस्य प्रेम तामाङ, लेखनाथका उपाध्यक्ष ईश्वरी प्रसाद अधिकारी, सिद्धार्थ सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोविन्द प्रसाद बस्याल, संस्थापक अध्यक्ष ईन्द्रबहादुर गुरुङ, कोषाध्यक्ष टिकाराम भट्टराई, उपाध्यक्ष पुरन प्रसाद श्रेष्ठ, लगायतले सामुदायिक सेवा केन्द्रको क्रियाकलाप, भावि रणनीति, सामुदायिक सेवाको विकासको लागि खेल्नुपर्ने भूमिका आदिको विषयमा बोलेका थिए ।
संस्थाका महासचिव विमलबहादुर कार्कीले संचालन गरेको उक्त कार्यक्रमका वक्ताहरुले तालिममा सहभागिहरुलाई स्वदेशमानै काम गरी स्वोरोजगार बन्नको लागि अनुरोध गरेको थिए ।

No comments:

Post a Comment

Please, comment about this article.