Friday, January 31, 2014

साईकल चोरी गर्ने पक्राउ -Man Arrested

  पोखरा उ.म.न.पा.वडा नं.-३ नदिपुर बस्ने ध्रुब बहादुर गोदारले पोखरा उ.म.न.पा.वडा नं.-९ महेन्द्रपुलमा सडक छेउमा साईकल राखी किनमेल गर्न लागेको अवस्थामा भारत दार्जलिङ घर भई हाल जि.कास्की हेम्जा गा.बि.स.वडा नं.-२ बस्ने दिनेश लामाले साईकल चोरी गरी भागेको भन्ने निज ध्रुब बहादुर गोदारको लिखित निबेदनको आधारमा निजलाई चोरी भएको साईकल सहित पोखरा उ.म.न.पा.वडा न.-११ रानीपौवाबाट यस कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही दिन पक्राउ  गरी चोरी मुद्दामा म्यादथप गरी अनुसन्धान कारबाही भई रहेको छ ।
  
मिति २०७०।१०।१५ गते ।    
District Police Office Kaski                               
जिल्ला प्रहरी कार्यालय कास्की ।

No comments:

Post a Comment

Please, comment about this article.