Friday, January 31, 2014

लागु औषध सहित पक्राउ- Man Arrested with Drugs


            जिल्ला कास्की घान्द्रुक गा.वि.स.वडा नं. २ बस्ने बर्ष ६८ की जित कुमारी वि.क.र ऐ ऐ वस्ने बर्ष ५५ को सोम बहादुर बि.क.ले लागु औषध चरेश विक्री वितरण गर्दछन भन्ने गोप्य सुचना अनुशार यस कार्यालयको विशेष प्रहरी टोलीले निजहरु दुबैजनाको  निग्रानी गरी रहेकोमा निजहरुलाई लाई लागु औषध चरेश १ के.जी २५० ग्राम सहित पक्राउ गरी लागु औषध मुद्वामा म्याद थप गरी अनुशन्धान भईरहेको छ ।
        यसै गरी लागु औषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा बिश्रामपुर गा.बि.स.वडा नं. १ बस्ने लालबाबु महत्तोलाई आज मिति २०७०/१०/१४ गते दिउसो पोखरा उ.म.न.पा.वडा नं. १० रंगशाला नजिक संकास्पद अवस्थामा हिडिरहेको भेटी निजलाई नियन्त्रणमा लिई शरिर तलासी गर्दा निजले लगाएको खैरो ज्याकेटको खल्तीमा कालो प्लाष्टीक भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध बुप्रिनर्फिन (३० र डाईजापाम थान (३० सहित पक्राउ गरी थप अनुसन्धान आवस्यक कारबाही भई रहेको छ  ।

District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.