मिति २०७०/०८/११ गते सांझ जि.कास्की पुरन्चौर गा.बि.स.वडा नं.-८ मैछानेको खरबारी भन्ने स्थानमा सेटो ज्याकेट, रातोमा सेतो भएको कोठे सर्ट, निलो टिसर्ट, खरानि रङको पाईन्ट सेतो-कालो कोठा भएको हाप पाईन्ट, निलो कट्टु, खैरो कपडाको पेटी हाप पाईन्टमा लगाएको, दुबै हातको साहिला औलामा फलाम जस्तो देखिने २ औठी लगाएको, बाया हातको नाडीमा IMAGE लेखिएको पंहेलो घडी लगाएको कालो कपाल, उचाई अ.५/३ फिट अग्लो पातलो शरिर, बर्ण गहुंगोरो, हेर्दा क्षेत्री बाहुन जस्तो देखिने अ. बर्ष-३५ को पुरुष ब्यक्तिको मृत अवस्थामा शव फेला पारी घट्नाको प्रारम्भिक अनुसन्धान प्रकृया पुरा गरी पो.मा.को लागी प.क्षे.अस्पताल पोखराको शव गृहमा राखिएको हुंदा शव पहिचानको लागी प्रचार प्रसारण गरी दिनु हुन सम्पर्ण मिडियाहरुलाई अनुरोध गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की ।
जिल्ला प्रहरी कार्यालय कास्की ।
No comments:
Post a Comment
Please, comment about this article.