काठमाण्डौ, संयुक्त राष्ट्र संघको आव्हानमा विश्वभर मनाउने अन्तराष्ट्रिय अहिंसा दिवस आज विविध कार्यक्रम गरी सम्पन्न भएको छ । ग्लोबल पीस फाउन्डेसनको सक्रियतामा प्रज्ञा भवनमा आयोजित “शान्तिको संस्कृतिः अहिंसा अभियान मार्फत राष्ट्रको समृद्वि” विषयक प्रवचन कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलाले वर्तमान सन्र्दभमा समाज तथा राज्य परिवर्तनको लागी महात्मा गान्धिको अंहिसात्मक आन्दोलनको खाँचो रहेको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त गौरी प्रधानले स्वतन्त्रता, शान्ति र स्थिरताविनाको समाज अग्रगामी हुन नसक्ने भन्दै त्यसतर्फ सोच्न आग्रह गनुभयो । २० औ शताब्दीका महान् पुरुष गान्धि एक अहिंसा पात्र भएको बताउँदै समता स्कूलका संस्थापक उत्तम सञ्जेलले नेपालमा हिंसाको कालो बादल अझै आकाशमा मडारिरहेकोले अभावको व्यवस्थापन गनुपर्ने बताउनु भयो । कार्यक्रममा पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश शाह, इन्दिरा मान्नधर, अधिवक्ता शुष्मा वास्कोटाले शान्तिको लागि जनस्तरबाट पहल कम भएको बताउनु भयो । भारतयि दुताबासका प्रथम सचिब आशिश शिन्हाले गान्धिको अंहिसात्मक आन्दोलन अझै सान्र्दभिक भएको बताउनु भयो । कार्यक्रममा बहुभाषिक कविता वाचन समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गनुहुदै ग्लोबल पीस फाउन्डेसनका अध्यक्ष ई. रामरोहण पन्तले महात्मा गान्धिको अंहिसात्मक कार्यको विश्वभर प्रंशशा भएकोले हिंसा विरुद्धको लागी आवाज उठाउन कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रम महाकवी लक्ष्मी प्रसाद देवकोटा प्रतिष्ठानका अध्यक्ष रामहरी जोशीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम महाकवि देवकोटा अध्ययन प्रतिष्ठान, नेपाल रेडक्रस सोसाईटी काठमाण्डौ शाखा, उत्थान, सर्भिस फर पीस, वाइएसपी नेपाल, आयोन, जेसिवासिएन, इएसडिओ, शान्ति मैत्री समाज, जिपिवाइसी नेपाल, क्रोधरहित संसार नेपाल सहकार्यमा भएको थियो ।
Wednesday, October 2, 2013
International Day of Non-Violence-2013 अन्र्तराष्ट्रिय अहिंसा दिवस सम्पन्न

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please, comment about this article.