- आ-आफनो धर्म, परम्परा र संस्कृतिको रक्षा र जगेर्ना गर्दै अनुशासित र तडकभडक रहित चाडपर्व मनाऔं ।
- चाडपर्वको बहानामा लंगुरवुर्जा, जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी हो-हल्ला हुलहुज्जत गर्ने, रात्रीको समयमा अनावश्यक हिडडुल गर्ने जस्ता कार्य नगरौं ।
- चाडपर्वको अवसरमा आतसवाजी, भुईचम्फा लगायतका प्रज्वलनशिल पटकाहरुको ओसारपसार, बिक्री बितरण तथा पड्काउने कार्य नगरौं । नगराऔं ।
- आफनो चाडपर्व मनाउंदा अरुको भावना माथी चोट पुग्ने गरी कुनै प्रकारका कार्यक्रमहरु नगरौं ।
- चाडपर्वमा मेलमिलाप, भातृत्वको बिकास, सहकार्य र सहयोगी भावनाको बिकास गरौं ।
- रात्रीको समयमा कुनै प्रकारको देउसी गित, नाचगान, संगित, लगायतका मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गर्नु पूर्व स्थानिय प्रशासन र प्रहरीबाट स्वीकृति लिएर मात्र संचालन गरौं ।
- चाडपर्वको बेला दुर्घटना बढन सक्ने हुंदा सुरक्षित यात्राको परिकल्पना गरौं, सावधानीपूर्वक सवारी हांकौ ।
- चोरी, ठगी र लुटपाटका घटनाहरु प्रति सदैव चनाखो बनौं ।
- सुरक्षाको आधारभुत तत्वनै होशियारी हो तसर्थ चोरीबाट बच्न होशियारी अपनाउनुहोस् ।
- बहुमुल्य चिज वस्तु ९गर गहना तथा नगद० बैंक तथा वित्तिय संस्थामा राख्ने गर्नुहोस् ।
- कुनै वस्तु वा व्यक्ति उपर शंका लागेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस् ।
- लामो समय र विशेष गरी रातको समयमा घर खाली रहने अवस्था नराख्नुहोस् ।
- चाडपर्व, मेला वा भिडभाडमा जादा बहुमुल्य गरगहना नलगाउनुहोस् ।
- रातको समयमा कसैले बजाएको घण्टी वा बोलाएको व्यक्तिलाई राम्रोसंग पहिचान गरेर मात्र ढोका खोल्ने गरौ ।
- एकछिन फोन गर्छु भनि महङगा मोवाईल मागेर भाग्ने गरेका घटनाहरु बढेकोले सो कार्यमा होशियारी अपनाउ ।
- आफनो घर, पसल र कार्यालय अगाडि बत्तीको ब्यवस्था गर्नुहोस ।
- आफनो घर, कार्यालय, पसल वरपर अपरिचित र शंकित ब्यक्तिहरुको अस्वभाविक गतिविधी देखिएमा तत्काल प्रहरीलाई खवर गर्नुहोस ।
- डलर वा कागजको नोठको गड्डी वा नक्कली पहेंलो धातु देखाई सुन हो भनेर ठगी गर्ने प्रवृत्ति रहेकोले सचेत बनौं ।
- चिठ्ठा उपहारको लोभमा समेत नपरौं । स्थानिय प्रशासनको अनुमति बेगर कुनै पनि चिठ्ठा उपहार कार्यक्रम संचालन नगरौं ।
- बसमा चढ्दा(ओर्लदा भिडभाडमा वा मनोरन्जन स्थलमा पकेटमारी हुन सक्ने हुंदा होशियार बनौं ।
- सहयोगको नाममा कुनै पनि प्रकारका चन्दा उठाउने कार्य गैह्रकानूनी हो ।
- धार्मिक मठ(मन्दिरमा दर्शन गर्न जांदा लामवद्द भएर अनुशासित रुपमा दर्शन गर्ने बानी बसालौ ।
- अवैध तथा बिषादित मदिराको उत्पादन र बिक्री बितरण नगरौं, नगराऔं ।
- चाडपर्वको नाममा सकभर मदिरा सेवन नगरौं ।
- अपरिचित व्यक्ति तथा बिना बिल कुनै सर सामान बेच्न ल्याएमा चोरीको हुन सक्छ तसर्थ त्यस्ता सामान नकिनौ र प्रहरीलाई जानकारी दिने गरौ ।
- चोरी अपराधका फरार अपराधी, कैद भुक्तान गरी सकेका तथा चोरी र ठगी कार्यमा संलग्न हुन सक्ने संभावित ब्यक्तिहरु समेतको विवरण पोखरा प्रहरीले संकलन गर्ने अभियान रहेकोले सो कार्यमा सहयोग गरौ, सूचना दिने व्यक्तिको विवरण गोप्य राखिनेछ ।
District Police Office Kaski, Pokhara
No comments:
Post a Comment
Please, comment about this article.