पोखरा, ३१ भाद्र
स्पोर्टस् फर
फेलोशिपभन्ने मूल नाराका साथ लायन्स क्लब अफ पोखरा पिस सिटिले आयोजना गरेको
फोर्ड दोश्रो अन्तर लायन्स फूटबल प्रतियोगिता–२०७० आ –मंगलबार) देखि पोखरा
सुरु हुँदै छ । पोखरा उप–महानगरपालिका वडा नं. १ बगरमा रहेको टुडिखेल
मैदानमा असोजको १ गतेदेखि हुने उक्त प्रतियोगितामा २५ लायन्स क्लवहरुको
सहभागिता हुँदैछ ।
गत बर्ष प्रथम अन्तर लायन्स फूटवल
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरि सकेको सो क्लबले यस बर्ष पनि कास्की र
बाहिरी जिल्लाहरुमा रहेका क्लबहरुलाई समेत सहभागि गराई लायनहरु बीचमा आपसी
भाईचाराको सम्बन्धी विस्तार गर्ने उद्देश्यले सो प्रगिता आयोजना गरेको
प्रतियोगिता संयोजक लायन सुदिपराज ढुङ्गानाले जानकारी दिनुभयो । सो
प्रतियोगितामा फोर्ड गाडी (आधिकारीक बिक्रेता अटो भेन्चर प्रा. लि.,
नयाँबजार पोखरा) को मुख्य प्रायोजन रहेको छ भने उप–प्रायोजनमा उईन कममोवाईल
नेपालका लागि आधिकारीक बिक्रेता प्रिज्मा टेक्नोलोजीस् रहेको छ ।
विशेष सहयोगीमा पोखरा उप– महानगरपालिका र
सेवा हस्पिटल प्रा.लि. रहेका छन् भने अन्य विभिन्न संस्थाहरुले सहयोग गरेको
छन् । सो प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय हुने क्लबले क्रमशः २५ हजार,५
सय २५,१५ हजार ५ सय ५५,५ हजार ५ सय ५५ ट्रफि,मेडल र प्रमाणपत्र रहेका छन् ।
साथै प्रतियोगितामा अनुशासित टिम,उत्कृष्ठ खेलाडी,सर्वाधिक गालकर्ता,
उत्कृष्ट गोल रक्षक लगायतलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
उक्त प्रतियोगितामा रहने र प्रतियोगिता
अवधिमा करिव १५,००० भन्दा बढी खेलप्रेमी दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने
अनुमान आयोजकले गरेको छ । नेपालमै पहिलो पटक लायन्स क्लबहरुको सहभागितामा
प्रतियोगितात्मक गतिबिधि संचालन गर्न सफल लायन्स क्लब अफ पोखरा पिस सिटिको
उक्त कार्य प्रति सबैको चासो बढेको क्लबका अध्यक्ष लायन प्रशान्तराज धमलाको
भनाई रहेका छ । प्रतियोगिताकोलागि आर्थिक व्यवस्थापन,प्रचार प्रसार तथा
भेघाट लायतका कार्यहरु पनि तिब्र गतिमा भईहरको सचिव लायन टंकराज अधिकारीले
जानकारी दिनुभयो ।
No comments:
Post a Comment
Please, comment about this article.