गीतको बोल: पछि छोरो कस्तो हुन्छ हल पखिए....
स्वर: मिना पराजुली,बदसरा पराजुली, शारदा देवी पराजुली
शब्द/रचना: बदसरा पराजुली,एकराज लम्साल
संगित: दिलिप गायक
रेकडिङ: सिद्धाथ डिजिटल रेकडिङ स्टुडियो पोखरा,१३-नदीपुर
निर्देशक: एकराज लम्साल
छांयाकन: श्रीकान्त सिग्देल
सम्पादन: सगुन सिग्देल
निर्माण: श्री ब्ल्याक फ्रेम,पोखरा
उदोबाट पण्डित आए कति छन्नी जजमान
मलाई पनि पुत्र वरदान देउन भगवान
तीर्थ ब्रत दान पुण्य धेरै गरिन आमाले
खुसी भई पुत्र पनि दिए रामले
गीतको बोल : पछि छोरो कस्तो हुन्छ हल पखिए..
गीत अनुसार बाबुआमाले छोरा जन्माउनको लागि बिभीन्न दानपुण्य धर्मकर्म गर्छन अनि छोरा जन्मिन्छ। छोरा जन्मिएपछि छोरालाई स्याहार सुसार गरेर हुर्काउछन् । पढाई सकिएपछि छोराको बिवाह गर्ने बेला हुन्छ छोराको बिवाह गरि घरमा बुहारी ल्याएपछि आफ्ना सुखका दिन आउने बाबुआमाको चाहना हुन्छ उमेरले बृद्ध हुदै गएपछि छोरा बुहारीको आशामा बस्ने दिन आऊछन् । तर बुहारीले घरमा वचन लाउन थाल्छन् बुहारीले तेरो घरमा के छ र भन्छन् दिन प्रतिदिन बुढाबुढीको मन वेचैन हुदै जान्छन् कता जाऊँ आत्माहत्या गरुकी अन्त कतै जाऊँ भन्ने मनमा बढ्दै जान्छ छोराबुहारीले धनसम्पत्ति हडपछन् घरबाट निकाल्छन् बाबुआमालाई केवल बाच्न मात्र पाए हुने थिति आउछ । बुहारीका रुखावचन छोराको थिति सहन नसकेपछि देवघाट जाने अवस्था आउछ ।
छोरा बुहारीले सहरमा बाबुआमाले साचेको धनसम्पत्ति लुटेर पक्कि घर कार हुन्छ । उनीहरु बाबुआमाले आर्जन गरेको सम्पतिमा चईन गर्छन तर बाबुआमा रुदै बेसाहारा भई देवघाट हिड्छन् देवघाटमा थोत्रा टिनले छाएको र धमिराले खामो खाएको ठाउँ बस्ने मागे खाने यस्तो थितिमा बस्छन छोरा बुहारी भने होटेल छानी छानी खान्छ । उनीहरुले बाबुआमाको सम्झना समेत गर्दैनन् । छोरालाई पढाई ठुलो मान्छे बनाए पछि आफू सुख र खुसीका साथ बाच्ने चाहना राख्ने बाबुआमाका सम्पूर्ण सपना भताभुङ्ग हुन्छन् ।
यसरी गीतमा हाम्रो सामाजिक परिस्थिति र बर्तमान आवस्थामा बृद्धबृद्धालाई सम्मान गर्नुको सट्टा घरबाट छोराबुहारीले अपमानपुर्बक निकाल्ने बुढेसकालमा बृद्धा आश्रममा गएर आश्रीतको जीवन बिताउने कुरा गीतमा प्रस्तुत गरिएको छ प्रकृतिको नियमित प्रक्रिया जन्मिनु ठुलो हुनु बृद्ध हुनुपर्ने कुरा यथार्थ हो तर यस्तो यथार्थ नबुझेर छोराबुहारीले वृद्ध बाबुआमालाई सुख खुसी सम्मान दिन नचाहनु दुखद हो । समाजमा अब यस प्रकारका व्यवहार हुनुहुदैन सबैले बृद्धबृद्धाको सम्मान गरि माया दिन थालौं भन्ने भाब गीतमा प्रस्तुत गरिएको छ ।
Teej song playlist: https://www.youtube.com/watch?v=u0cebBo4_K8&list=PL6WmMP0YBGhzXLMDvwmsfo_WTu_w8oYXC
उदोबाट पण्डित आए कति छन्नी जजमान
मलाई पनि पुत्र वरदान देउन भगवान
तीर्थ ब्रत दान पुण्य धेरै गरिन आमाले
खुसी भई पुत्र पनि दिए रामले
छोरो जन्म्यो भनेर बाबु आमालाई हरिक
पछि छोरो कस्तो हुन्छ हल पखिए
कहिले होला मेरो बाबु मुख हेरी हासने
कहिले होला मेरो बाबु उठी बसने
कहिले होला मेरो बाबु फुटु फुटु हिडने
कहिले होला मेरो बाबु स्कुल पढने
भो पदैन बाबु तिम्ले घरको काम गरन
कापी किताब किनिदिन्छु राम्रो पढन
एसएलसीमा पास भयो क्याम्पस भरन
ठुलो भयौ मेरो बाबु बिहे गरन
अहिले जान्छु बिहा गर्न भरे ल्याउछु बुहारी
बस्नु आमा हजुर तपाई दैलो उघारी
छोरो गयो बिहा गर्न डोली चढी बुहारी आइ
भोलिपल्टदेखि मलाई बाहीरी पाटो लाई
कति दु:ख गरे मैले छोरो भयो लेक्चर
बुहारीले भन्न थाली तेरो के छ र
घरेलुको सारी लाए चोली लाए कालो जिन
कहिले पनि आन मलाई सुबिधाको दिन
आजै निस्की भोलि निस्की भन्न थाली बुहारी
छैन तेरो घर बास दैलो दुहारी
हातमा पासो लिनी हो कि विषको धुलो खाने हो
बुहारीले बचन लाउदा कता जाने हो
जति खेति गरे पनि कहिल्यै हुन्न हरियो
दिनदिनै यो मनमा पिर भरियो
शिरमा लाउने शिरफूल कानमा लगाउने धुम्री
कुन दिनमा खोज्छु मैले गैरो भुमरी
मैले दु:ख गरेर धन सम्पति धाने है
छोरा बुहारी मिलेर लुट्नु लुटे है
बिहान भात पाए बेल्का रोटो खाने हो
दुध र घ्यूको साटोमा पानी खाने हो
बुहारीका रुखा वचन सधै कति खाने हो
लौरी टेकी कुम्लो बोकी देवघाट जाने हो
छोरो बसने तिन तलेमा राम्रो रंगको मिलाप
आमा बाबु रुदै हिड्छन् चन्द्र विलाप
छोरा बुहारी कारै चढी धनको गर्छन चइन
बुढाबढी रुदै हिड्छन् सुन्यौ बहिन
देवघाटमा बास बास रहिछ थोत्रो तटनले छाएको
भैतलामा धमिराले खामो खाएको
बुढाबढी वेसहार मागी मागी खानी
छोरा बुहारी फेरी फेरी होटेल जाने
दु:ख नदेउ बाबु आमालाई संसार हाम्लाई देखाए
आफू भोकै बसी बसी क्याम्पस पढाए
तिम्रो पनि आउछु पालो बस्नु पर्छ बुढो भई
बाबु आमालाई कसैले नि दु:ख नदेउ है
साच्चै दु:ख पोखे मैले सम्झिराख बारम्बार
यति भन्दै बिदा माग्छु हस्त नमस्कार
Watch the video on YouTube: https://www.youtube.com/watch?v=wcKGWokSBX8
No comments:
Post a Comment
Please, comment about this article.