भाद्र ३ गते सोमबारका दिन पोखरा उप महा नगरपालिका वडा नं १० स्थित शान्तिपथ सडक निर्माण उपभोक्ता समितिले सडकको दायां बायां २०६/२०६ मिटर गरी जम्मा ४१२ मिटर नाला निर्माण को काम सम्पन्न गरी सार्बजनिक सुनुवाई गरेको छ।निर्माण कार्य पो. उ.म. न. पा.को ६० प्रतिशत र उपभोक्तहरुको जनसहभागिता को ४० प्रतिशत गरी सम्पन्न भएको थियो।नगरपालिकाको लगत ईस्टिमेट अनुसार जम्मा १४०३४००/चौध लाख तिन हजार चार सय मात्र भएको कार्य प्रतिकुल मौसम र कार्य प्रकृतिका कारण उक्त नाला निर्र्माण कार्य रु १५०५३२८/पन्ध्र लाख पांच हजार तिन सय अठ्ठाईस मा सम्पन्न भएको व्यहोरा सार्बजनिक सुनुवाईमा जानकारी गराईएको थियो।
उक्त सुनुवाईमा नगरपालिकाको प्रतिनिधि को रुपमा वडा नं १० का सचिव नवराज थापा,प्रा.डा. कृष्ण के.सी,अमरसिंह उ मा वि व्यवस्थापन समितिका अध्यक्ष विश्व प्रकाश लामिछाने, पूर्व वडाध्यक्ष फत्त बहादुर गुरुङ्ग,पूर्व क्षेत्रिय शिक्षा निर्देशक योगेन्द्र बहादुर बस्नेत लगायत सरोकार वाला महानुभावहरुको उपस्थिति थियो।
सरोकारवालाहरुको आम भेलामा उपभोत्ता समितिका कोषाध्यक्ष कमला थापाले अर्थिक प्रतिवेदन र अध्यक्ष हितराज शर्माले सम्पूर्ण कार्यको विवरण प्रस्तुत गर्नुभएको थियो भनि समितिका सह सचिव पुष्प कमल पौडेलले जानकारी दिनुभयो।

No comments:
Post a Comment
Please, comment about this article.