रोटरी क्लब अफ पोखरा न्यूरोडद्घारा पोखरा उप महानगरपालिका वडा नं १७ स्थित पार्दी उच्च माध्यमिक विद्यालयमा छात्रा शौचालय निर्माण सम्मन्न गरी विशेष समारोहका बिच श्रावण २६ गते शनिवारको दिन हस्तान्तरण गरेको छ। निर्माण कार्यमा सहयोग गर्ने सँघ सँस्थाहरुमा रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल— भुटान,कम्युनिटी डेभलपमेण्ट एण्ड रिलिफ एजेन्सि—¬सेड्रा नेपाल,बाबा फाउण्डेशन नेपाल र पार्दी उ मा वि रहेका छन। उक्त समारोहमा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष रो सुबास सिग्देलले शौचालयको साँचो पार्दी उच्च मा वि व्यवस्थापन समितिका अध्यक्ष नविन बराल एवं प्राचार्य केदार नाथ बास्तोलालाइस्तान्तरण गर्नु भयो।
उक्त कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष रो सुबास सिग्देल,सँस्थापक अध्यक्ष रो रवी प्रसाद बराल,निबर्तमान अध्यक्ष रो शिवलाल मल्ल,प्रस्तावित ईनरव्हिल क्लब अफ न्यूरोड पोखरा का अध्यक्ष निर्मला मल्ल,सिनियर रोटरियन विनोद चन्द्र बराल,रोटरी डिष्ट्रिक्ट ३२९२ जोन १७ का सहायक गभर्नर रो दिनेश शंकर पालिखे,रोटरीयन चिनु रानाभाट,पार्दी उच्च मा वि व्यवस्थापन समितिका का अध्यक्ष नविन बराल, प्राचार्य केदार नाथ बास्तोला,छात्रा रोजिना के सी ले छात्रा शौचालयको आवश्यकताको पूर्ति भएको र यसले विशेषत छात्राहरुको शिक्षामा सकारात्मक प्रभाव पार्ने भनाई राख्नु भएको थियो। कार्यक्रममा बाबा फाउण्डेशन नेपालका अध्यक्ष एवं क्लबका प्रेसिडेण्ट इलेक्ट रो दिलिपराज श्रेष्ठले स्वागत मन्तव्य,शौचालय निर्माण समितिका संयोजक एवं क्लबका उपाध्यक्ष रो राजकुमार गुरुङ्गले धन्यवाद ज्ञापन र क्लबका सचिब रो पुष्प कमल पौडेल ले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

No comments:
Post a Comment
Please, comment about this article.