पोखरा २५, श्रावण ।
पोखरामा हालै स्थापना गरिएको बेताल नेटवर्क प्रालि ले शुक्रबार बाट आफ्नो औपचारिक सुरुवात गरेको छ । पोखरामा उच्च गतिको ईण्टरनेट सेवा दिने उद्धेस्यले स्थापित उक्त कम्पनीले पोखराको सीतापाईलास्थित बृद्धाश्रमका बृद्ध–बृद्धाहरुलाई फलफूल तथा खाद्यान्न सामाग्री वितरण गरेर आफ्नो औपचारिक सुरुवात गरेको हो । सो अवसरमा ५० हजार बराबरको दाउरा तथा खाद्यान्न सामाग्री बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीलाई हस्तान्तरण गरिएको कम्पनीका सञ्चालक अध्यक्ष रविन सुवेदीले जानकारी दिनुभयो । उक्त सामाग्री ग्रहण गर्दै बृद्धाश्रमका अध्यक्ष पराजुलीले विगतमा पानीको समस्या हुँदा दाताहरुले यसरी नै उपलब्ध गराएको सहयोगको स्मरण गर्दै यतिबेला भोजन तयार पार्नका लागि दाउराको अत्यन्तै खाँचो परेको अवस्थामा कम्पनीले प्रदान गरेको २० क्विण्टल दाउराले ठूलो सहयोग गरेको बताउनुभयो । सो अवसरमा बोल्दै कम्पनीका सञ्चालक सदस्य डम्बर थापाले आगामी दिनमा पनि यस किसिमको सहयोग जारी रहने बताउनुभयो ।
कम्पनीले शुक्रबार बाट नै पोखरा, विरगंज र महेन्द्रनगरमा एकैसाथ अत्याधुनिक प्रविधिद्वारा उच्च गतिको इण्टरनेट सेवा सुरु भएको जनाएको छ । पोखरामा अन्य इण्टरनेट प्रदायकको तुलनामा फाईबर र वायरलेस प्रविधिमा आधारित उत्कृष्ठ सेवा दिने कम्पनीको दावी छ । ‘‘फर रिलायबल एण्ड अफोर्टेवल ईण्टरनेट सर्भिस” नारा दिईएर सुरु भएको कम्पनीमा पोखराका जुझारु यूवाहरुको करिब १ करोड लगानी रहेको छ । कम्पनीको मुख्य कार्यालय पोखराको सृजनाचोकमा रहेको छ ।

No comments:
Post a Comment
Please, comment about this article.