जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी नियन्त्रणको लागि शुरु गरेको चोरी नियन्त्रण योजना अन्र्तगत सर्वसाधरणलाई चोरी नियन्त्रणमा अपनाउनु पर्ने सुरक्षा सजगताको सम्बन्धमा चेतना मूलकपर्चा तयार गरी सुरक्षा सजगता अभिवृद्धिगर्न आजमिति २०७०।४।२४ गते पोखरा नगर र लेखनाथ नगरका प्रमुख व्यापारिक स्थल र आवासिय क्षेत्रहरुमा करिव १५,००० (पन्ध्र हजार) पर्चा वितरण गरी जनचेतना अभिवृद्धि गर्ने कार्य गरियो । यस्ता जनचेतना मूलक संदेश रहेको पर्चा वितरण गर्ने कार्य आगामी दिनहरुमा समेत निरन्तरतब दिईने र यसलाई क्रमिक रुपमा ग्रामिण भेगहरुमा समेत गरिनेछ ।
जिल्लाप्रहरी कार्यालय, कास्की ।
District Police Office Kaski, Pokhara
जिल्लाप्रहरी कार्यालय, कास्की ।
District Police Office Kaski, Pokhara
No comments:
Post a Comment
Please, comment about this article.