गुण्डागर्दी तथा अवैध रुपमा चन्दा असुल उपर गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी निरीक्षक रविन्द्र मान गुरुङ्ग सहितको टोलीले मिति २०७०।३।५ गते पोखरा उपमहानगरपालिका वडा नं. १० बुद्धचोकबाट एक थान कटुवा पेस्तोल सहित वर्ष ३४ को विकास च्याण्टे भन्ने नविन गुरुङ्गलाई पक्राउ गरेको छ । निज नविन गुरुङ्गले केही समय अगाडिबाट नै थल बहादुर गुरुङ्गसँगै मिली रामघाट, बुद्धचोक लगायतको एरियामा सर्वसाधारण जनताहरुलाई डर, धाक धम्की दिई त्रासको वातावरण सृजना गरी अवैध रुपमा चन्दा असूल उपर गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । हाल निजलाई जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी हिरासतमा राखी अनुसन्धान कारवाही भईरहेको छ ।
मिति २०७०।३।५ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.