करिव १/२ महिना अगाडि परिचय भएका श्याम महतले घर काठमाण्डौ हो, श्रीमती दुर्घटनामा परी मृत्यु भएको हो, म अमेरिकामा जागिर गर्दछु तिमीलाई विवाह गरी अमेरिका लैजान्छु भनि जि. कास्की कास्कीकोट ८ बस्ने वर्ष ३० कि नाम परिवर्तित सपना लाई विभिन्न प्रलोभन देखाई झुक्याई विश्वासमा पारी मिति २०७०।१।३ गते विवाह गरी फसाई विभिन्न वहाना बनाई कागजपत्र मिलाउन जाने भनि मुग्लिङ्ग
चितवन हुँदै भारत लान भनि भैरहवासम्म पु¥याए पछि निजले भारत विक्री गर्न लगेको थाहा पाई माईतीका दाजु भाई समेतलाई खवर गरी निजको पन्जाबाट उम्किई भागी तत्काल प्रहरीलाई खवर गरेको हुँदा निज विक्री वितरण गर्न लैजाने जि. काभ्रेपलान्चोक पनौती न.पा. वडा नं. ४ बस्ने वर्ष ४७ को श्याम महतलाई भैरहवाबाट पक्राउ गरी मानव वेचविखन तथा ओसारपसार मुद्धा दर्ता गरी सम्पूर्ण अनुसन्धान पश्चात सम्मानित कास्की जिल्ला अदालतमा पेश हुँदा पूर्पक्षको लागि थुनामा गएको छ । District Police Office Kaski, Pokhara.
No comments:
Post a Comment
Please, comment about this article.