मिति २०७०/२/२५ गते राती अं. १२ बजेको समयमा जि. कास्की भरतपोखरी गा.वि.स. वडा नं. ४ सिमलटार बस्ने वर्ष ६० को बुद्धि बहादुर बि.क.आफनो छोरीको घर ले.न.पा. २ ईश्वर मार्गमा गएको अवस्थामा ले.न.पा. २ रिठेठेपानी बस्ने अं. वर्ष २१ को मिलन बि.क., एै.एै. बस्ने वर्ष २२ को गोविन्द बि.क., एै.एै. बस्ने वर्ष १९ को विजय बि.क., एै.एै. बस्ने वर्ष १९ को मनोज बि.क. समेतले कुटपिट घाईते तुल्याई सोही स्थानमा रहेको सेती
नहरको खोंचमा फालेको घट्नामा पक्राउमा परेका अभियूक्तहरुलाई ज्यान मार्ने उद्योग मुद्धामा अनुसन्धान भईरहेकोमा घाईते भएका बुद्धि ब. बि.क.को मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मिति २०७०।२।२५ गते राती मृत्यु भएकोले उल्लेखित प्रतिवादी हरुलाई कर्तव्य ज्यान मुद्धामा थप अनुसन्धान कारवाही भईरहेको छ । District Police Office Kaski, Pokhara.
No comments:
Post a Comment
Please, comment about this article.