नेपाली काँग्रेस कास्की जिल्ला कमिटीका सदस्य तथा सुरथेश्वर सिवालय मन्दिर व्यवस्थापन समिती लामाचौरका अध्यक्ष मदन बहादुर केसीले प्रेस युनियन कास्की पत्रकारिता पुरस्कार तथा कल्याणकारी कोषका लागि २५हजार एकसय ५५ रुपैयाँ सहयोग गरेका छन् । केसीले आफ्नी स्वर्गीय धर्मपत्नी चन्द्रा केसीको स्मृतिमा उनको १३ औं दिनको पूण्य तिथीमा आयोजित शोकसभामा प्रेस युनियन कास्कीका उपाध्यक्ष यदुनाथ बञ्जारालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
स्व.चन्द्रा केसीको मेरुदण्डको क्यान्सर रोगका कारण चैत १८ गते निधन भएको थियो । सहयोग हस्तान्तरण तथा शोकसभामा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्मा, कास्की सभापति यज्ञबहादुर थापा सचिवद्वय कृष्ण केसी र युवराज कुँवरका साथै नेपाली काँग्रेस कास्कीका नेताहरु माधब बाँस्तोला, मुकुन्द ज्वाला, देवेन्द्र शेरचन, आईबहादुर गुरुङ, लक्ष्मी पाण्डे, पुस्पेन्द्र पाण्डे र विश्वरमण अधिकारी लगायत ठूलो संख्यामा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । लामाचौर गाविसका नेपाली काँग्रेसका कार्यवाहक सभापति महेश्वर प्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष बलबहादुर श्रेष्ठले गरेका थिए ।
प जानकारीका लागिः यदुनाथ बञ्जारा, ९८५६०३३३९१

No comments:
Post a Comment
Please, comment about this article.