जलकुम्भी र फेवा अप्रेशन
तथा सामाजिक अपराध नियन्त्रणको क्रममा पक्राउ परेका व्यक्तिहरुको बिवरण
जिल्ला प्रहरी कार्यालय कास्कीद्धारा विगत २ महिना देखि संचालित विभिन्न
अप्रेशनको क्रममा मिति २०६९/१२/२२ देखि २०६९/१२/२९ गते सम्म निम्नानुसारका व्यक्तिहरु पक्राउ परी अनुसन्धान
भईरहेको छ । यस कार्यालयद्धारा संचालित अभियानहरुलाई आगामी दिनहरुमा थप प्रभावकारी
बनाईने व्यहोरा समेत जानकारी गराईएको छ ।
गुण्डागर्दीमा संलग्न
पक्राउ:
१) मिति २०६९/१२/२८ गते दिनको अन्दाजी ३:०० बजेको समयमा पोखरा
उपमहानगरपालिका वडा नं. १२ पुरानो धारा स्थित रविन पौडेल र सन्जिव गुरुङमाथि
सांघातिक रुपले खुकुरी लगायतका हतियारले प्रहार गरेको घटनामा संलग्न २ जनालाई
खुकुरी सहित वडा प्रहरी कार्यालय रामबजारद्धारा पक्राउ गरिएको थियो । पक्राउ
पर्नेमा जिल्ला गोर्खा, मानबू स्थायी घर भै हाल पोखरा ११, फुलबारी बस्ने इन्द्र
बहादुर कार्कीको छोरा वर्ष १६ को इश्वर कार्की र काहुँडाँडा २ बस्ने रमेश बहादुर
बस्नेतको छोरा वर्ष १७ को कुमार बस्नेत रहेका छन । उक्त घटनामा संलग्न रही फरार
भएका थप ३ जनाको खोजतलासको कार्य भईरहेको छ ।
२) यसै गरी मिति २०६९/१२/२७ गतेको राती ८:४५ बजे पोखरा ८ सृजनाचोकमा
बोत्तल प्रहार गर्ने जि. भक्तपुर सल्लाघारी १ घर भई पोखरा ८ सृजनाचोक डेरा गरी बस्ने वर्ष १९ को सोनाम श्रेष्ठलाई
सृजनाचोकबाट अ.प्र.पोष्ट सृजनाचोकले पक्राउ गरि कारवाहीको लागि वडा प्रहरी
कार्यालय बैदाममा बुझाएको थियो ।
यौन विकृत्तीमा संलग्न :
– विभिन्न मितिमा पृथ्वीचोक, बाग्लुङ्गबसपार्क लगायतका ठाउँहरुबाट ५ जना महिला
र १२ पुरुषलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्धामा कारवाही चलाईएको ।
जुवातासमा संलग्न :
–
विभिन्न मितिमा ५ खालबाट २०
जनालाई पक्राउ गरी कारवाही चलाईएको ।
लागू औषध :
–मिति २०६९/१२/२२ गते १२:०० बजेको समयमा जि. कास्की पोखरा ९ महेन्द्रपुलबाट
जि. तनहुँ व्यास न.पा. वडा नं. २ घर भई पोखरा ९ बस्ने वर्ष २१ को कृष्ण गुरुङ्गलाई
ला.औ. बुप्रिनर्फिन थान १०, फेनेरागन १० थान, डाईजापाम १० र नाईट्रोसन १०
थान सहित पक्राउ गरी ला.औ. मुद्धामा कारवाही चलाईएको छ ।
मिति :२०६९/१२/२९ गते ।
District Police Office Kaski, Pokhara.
जिल्ला प्रहरी कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.