नेपाल प्रहरीको सांगठानिक मूल्य मान्यता र प्रहरी आचरण विपरित विभिन्न क्रियाकलापमा संलग्न रहेका प्रहरी कर्मचारीहरुलाई २०६९।१२।१ गते देखि हालसम्म निम्नानुसारको संख्यामा कारवाही गरिएको व्यहोरा जानकारी गराईएको छ ।
कारवाही बिवरण दर्जा संख्या कैफियत
नोकरीबाट निलम्वन प्रहरी सहायक निरीक्षक १
प्रहरी जवान १
१ वर्षको प्रमोशन रोक्का प्रहरी सहायक निरीक्षक १
प्रहरी हवल्दार १
प्रहरी जवान ३
नसिहत प्रहरी परिचर १
जम्मा: ८
– कारवाहीकै क्रममा पछिल्लो पटक प्रहरी चौकी घाचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक झलक प्रसाद रिमाल र प्रहरी जवान डम्बर बहादुर परियारलाई प्रहरी सेवाबाट निलम्वन गरिएको छ । निज प्र.स.नि. र प्र.ज.ले जिल्ला प्रशासन कार्यालय कास्कीबाट अवैध रुपमा राखिएका हातहतियार बुझाउन जारी गरिएको सार्वजनिक सूचना बमोजिम आफनो एरियामा हातहतियार संकलन गर्न खटिई गई उक्त सूचनाको म्याद नसकिदै स्थानीय व्यक्तिहरुलाई भरुवा बन्दुक र सो को पाटपुर्जा राखेको बिषयलाई लिएर विभिन्न किसिमको डर देखाई करकापमा पारी रकम असूली गरेको खुल्न आएको छ । निज प्रहरी कर्मचारीहरुलाई उचित कारवाही गर्न थप अनुसन्धान भईरहेको छ ।
District Police Office Kaski
No comments:
Post a Comment
Please, comment about this article.