आज मिति २०६९ साल चैत्र १८ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्र.जि.अ. श्री यादव प्रसाद कोइराला ज्यूको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्र.उ. केदार रिजाल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कास्कीका उप अनुसन्धान निर्देशक कुलदेव थापा, नापतौल तथा गुणस्तर कार्यालयका प्रतिनिधि, यातायात व्यवस्था कार्यालय पोखराका प्रतिनिधि, उपभोक्त मञ्च कास्कीका प्रतिनिधि, ट्याक्सी व्यवसायी समिति कास्कीका प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ पोखराका अध्यक्ष, ट्याक्सी व्यवसायी समितिका उपाध्यक्ष, नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष लगायत विभिन्न ट्रेड यूनियनका प्रतिनिधिको उपस्थितीमा विशेष गरी पोखरा उपत्यकामा संचालन भएका ट्याक्सीको समुचित व्यवस्थापनको लागि बैठक बसी निम्नानुसार निर्णय भएको व्यहोरा जानकारी गराईएको छ ।
निम्न:
निर्णय नं. १: पूर्व निर्णयानुसार मिटर जडान नगर्ने ट्याक्सीहरुको मिटर जडानका लागि लाग्ने समय उल्लेख गरेको मिटर जडान कर्ताले दिएको चिट अनुसारको समय उपलव्ध गराउने निर्णय गरियो ।
निर्णय नं. २ : मिटर समायोजनको प्रकृयामा रही रातो स्टिकर टाँसेका ट्याक्सीहरुको मिटर समायोजन भै सकेपछि हरियो स्टीकर उपलव्ध गराउन २०६९/१२/१९ गते देखि ३ (तीन) दिनको समय थप गर्ने र सो अवधिमा ट्राफिक र व्यवसाय समितिले समन्वय गरी मिटर समायोजनको कार्यलाई तदारुकता दिने ।
निर्णय नं. ३ : पोखरा उपत्यका भित्र संचालनमा रहेका ट्याक्सीहरुको रुट परमिटरको अनुगमन गर्ने गराउने निर्णय गरियो ।
उल्लेखित निर्णयहरु सर्वसाधारण तथा सरोकारवालाको जानकारीको लागि यहाँहरुको संचार माध्यमद्धारा प्रचार प्रसार गरी दिई सहयोग गरी दिनु हुन अनुरोध गरिएको छ ।
मिति २०६९/१२/१८ गते ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की

No comments:
Post a Comment
Please, comment about this article.