१.यस जिल्ला भित्र अपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्दै शान्ति सुरक्षाको स्थितिलाई थप मजवुत बनाउनका लागि सबै होटल व्यवसायीहरुले आफनो होटेलमा बास बस्ने पाहुनाहरुको परिचय खुल्ने आधार सहित रजिष्ट्रेसन फाराम अनिवार्य रुपमा भरी भराई राख्नु हुन सम्बन्धित सबै होटल व्यवसायीहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना बमोजिम रेकर्ड नराख्ने होटल व्यवसायीहरुलाई अनुगमनको दायरा भित्र ल्याई प्रचलित कानून अनुसार कारवाही गरिने व्यहोरा समेत जानकारी गराईन्छ ।
२.यहि आउँदो फागू पूर्णिमा (होली पर्व) को अवसरमा रङ्ग खेल्दा अनाधिकृत र जवरजस्ती रुपमा रङ्ग लगाउने, पानीका लोला हान्ने, पानी खन्याउने लगायतका अभद्र व्यवहारहरुका कारणले मानवीय दुर्घटना हुन जाने सम्भावनालाई मध्यनजर राखी यस्ता कार्यहरु नगर्न नगराउन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सूचनाको बर्खिलाप गरी त्यस्ता किसिमका क्रियाकलापहरु गर्ने उपर स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने व्यहोरा समेत यसै सूचना द्धारा जानकारी गराईएको छ ।

मिति: २०६९/१२/८ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
जिल्ला प्रहरी कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.