Thursday, March 7, 2013

फिर्के खोलालाई अनाधिकृत रुपमा अतिक्रमण

    पोखरा स्थित फिर्के खोलालाई अनाधिकृत रुपमा अतिक्रमण गरी बनाईएका घर, टहरा र अन्य संरचनाहरु हटाउने सम्बन्धमा मिति २०६९ फाल्गुण २४ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमुख जिल्ला अधिकारी श्री यादव प्रसाद कोइराला ज्यूको अध्यक्षतामा सरोकारवाला निकायहरु समेतको उपस्थितिमा बैठक बसी निम्नानुसारको निर्णय भएको । 
 निम्न
१)     पोखराको फिर्के खोलालाई अतिक्रमण गरी बनाईएका घर, टहरा र अन्य संरचनाहरु २०६९ साल चैत्र १५ गते भित्र आफै भत्काई लग्न सूचना पोखरा उप.म.न.पा.ले प्रकाशित गर्ने । सो समय भित्र भत्काई नलग्नेहरुको संरचना भत्काउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धितबाट असुल उपर गर्ने ।

२)    सडक मापदण्ड भित्र परेका घर टहरा (स्थायी/अस्थायी) हरु नापी नक्शा भई सूचना जारी भएकाको हकमा २०६९ साल चैत्र २५ गते भित्र र बाँकीका हकमा नापी नक्शा भए पछि हटाउन उपत्यका नगर विकास समिति र पोखरा उप.म.न.पा. लाई निर्देशन दिने । सो समय भित्र संरचनाहरु नहटाईएमा पोखरा उप.म.न.पा. ८ पोखरा उ.न.वि. समितिले हटाउने सो मा लाग्ने खर्च सम्बन्धित व्यक्तिहरुबाट असुल उपर गर्ने ।

३)    मापदण्डको सम्बन्धमा विवाद उत्पन्न भएमा पोखरा उपत्यका नगर विकास समिति र डिभिजन सडक कार्यालयका प्रमुखहरु बसी समस्या समाधान गर्ने ।
मिति: २०६९।११।२४ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की ।

No comments:

Post a Comment

Please, comment about this article.