पोखरा उपत्यकामा संचालनमा रहेका भाडाका ट्याक्सीहरुमा मिटर जडान नगरी जथाभावी आफुखुशी भाडा असुल गरी यात्रु ठग्ने प्रवृत्तीलाई नियन्त्रण गर्न सरोकारवालाहरु सम्मिलित बैठकबाट भएको निर्णय अनुसार पूर्व सूचना प्रकाशित गरि समय तोकी अग्रिम जानकारी गराउँदा गराउँदै पनि सो सूचनालाई वेवास्ता गरी भाडाका ट्याक्सीमा मिटर संचालन नगरी चलाएको अवस्थामा मिति २०६९/१२/१४ गते यस कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट चेकजाँच गर्ने क्रममा ९० वटा ट्याक्सीलाई निम्नानुसारको कारवाही गरिएको छ ।
निम्न:
– मिटर भएर पनि मिटरमा संचालन नगरी आफुखुशी भाडा असुल गर्ने ३८ वटा
– मिटर राख्ने प्रकृया नै शुरु नगरी मिटर नै नराखेका ५० वटा
– रिजर्भमा संचालन गरी रिजर्भ प्लेट नराख्ने २ वटा
साथै पोखरामा संचालन हुने ट्याक्सीहरुले अनिवार्य रुपमा मिटर जडान गरी मिटर संचालन गरी सोही अनुरुप भाडा लिनु पर्ने अनिवार्य व्यवस्था लागू गरिएकोले सर्वसाधारणहरुले ट्याक्सी प्रयोग गर्दा मीटर अनुरुपको भाडा मात्र तिर्नु हुन र मिटर संचालन नगरी मनपरी भाडा लिएमा तत्काल यस कार्यालयको हटलाईन फोन नं. १०० वा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको १०३ मा फोन गरी सूचना दिई यस अभियानमा सहयोग गरी दिनु हुन सर्वसाधारण सबैमा जिल्ला प्रहरी कार्यालय कास्कीले हार्दिक अनुरोध गर्दछ ।
तपाईहरुको संचार माध्यम द्धारा उल्लेखित तथ्य सर्वसाधारणमा जानकारीलाई प्रचार प्रसार गरी दिनु हुन सम्बन्धित संचार माध्यमहरुलाई अनुरोध गरिएको छ ।
मिति २०६९/१२/१४ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की ।
No comments:
Post a Comment
Please, comment about this article.