Sunday, March 10, 2013

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोध

हिन्दुहरुको महान पर्व शिवरात्रीको पावन अवसरमा समस्त भक्तजनहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की हार्दिक शुभ(कामना ब्यक्त गर्दछ ।
शिवरात्री मनाउने क्रममा बिभिन्न किसिमका नशालु तथा मनोद्दिपक पद्वार्थहरु जस्तैस्( गाजा, चरेश, भाङ, धतुरो र अन्य लागु पर्द्वाथ सेवन गर्ने परम्परा रहेकोले यस्तो हुन गर्न नदिन सम्बन्धित सबैमा जानकारी गराईएको छ । यस्ता पद्वार्थहरु सोझै सेवन गर्ने वा विभिन्न किसिमका मिठाईहरुमा समेत मिसाई बेचबिखन गर्ने प्रचलन रहेकोले त्यस्तो नगर्नु नगराउनु हुन अनुरोध गरिएको छ । यस्ता पद्वार्थहरुको सेवनले मानब स्वास्थ्यमा प्रतिकुल असर पर्ने र नशाको सुरमा सेवनकर्ताबाट बिभिन्न अपराधिक कृयाकलाप हुन सक्ने भएकोले यस तर्फ समयमै सचेत हुनु भई यस्ता किसिमका कृयाकलापमा संलग्न नहुन अनुरोध छ ।  यदि कोहि कसैले यस्तो कृयाकलाप गरे गराएमा कानून बमोजिम कारबाही हुंने ब्यहोरा अबगत गराईएको छ । यस्ता गतिबिधीहरुको कहि कतै देखिएको खण्डमा तुरुन्त जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिनु हुन समेत अनुरोध छ ।
  यस सम्बन्धमा सर्व साधारणको जानकारीको लागि प्रचार प्रसारण गरी दिनु हुन सम्पुर्ण संचार माध्यहरुलाई हार्दिक अनुरोध छ ।

No comments:

Post a Comment

Please, comment about this article.