अप्रेशन जलकुम्भी: २ जना पक्राउ
१)
जिल्ला
प्रहरी कार्यालय कास्कीले चलाएको अप्रेशन जलकुम्भीको क्रममा पोखरा नगरक्षेत्रहरुमा
गुण्डागर्दि गरी सार्बजनिक शान्ति सुरक्षामा खलल पु-याउने जि.कास्की ले.न.पा.वडा
नं.-२ बस्ने बर्ष-३० को पुर्ण बहादुर गुरुङ र ऐ. बस्ने बर्ष-३८ को राम बहादुर
गुरुङलाई जि.कास्की ले.न.पा.वडा नं.-३ अर्घौचोकमा चेकिङको क्रममा वडा प्रहरी
कार्यालय गगनगौडाको टोलीले पक्राउ गरी केही सार्बजनिक अपराध शिर्षक मुद्दा दर्ता
गरी थप अनुसन्धान कारबाही भई रहेको छ ।
सामाजिक अपराध नियन्त्रण
१)
जुवा खेल्नेहरु पक्राउ :-
यस कार्यालयबाट मिति २०६९।११।०१ गते दिउंसो खटिएको
प्रहरी टोलीले जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.-८ न्यूरोड स्पिड अटो सर्भिस नामको
ग्यारेज नजिकै निम्न मानिसहरुलाई जुवा खेल्दै गरेको अवस्थामा तास र नगद
रु.२०,१५०।-सहित पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट जुवा मुद्दामा
म्यादथप अनुमति लिई थप अनुसन्धान कारबाही भई रहेको छ ।
निम्न:-
जि.कास्की पोखरा
उ.म.न.पा.वडा नं.-८ बस्ने बर्ष-३५ को राम बहादुर तामाङ...............................
।
ऐ. बस्ने बर्ष-२५ को
लक्ष्मण क्षेत्री ......................................................................................।
ऐ. बस्ने बर्ष-१९ को बिशाल
क्षेत्री ........................................................................................।
ऐ. बस्ने बर्ष-२६ को बिनोद
रानाभाट ...................................................................................।
ऐ. बस्ने बर्ष-२५ को चक्र
बहादुर गुरुङ .................................................................................।
२) अनैतिक कार्यमा सलग्न होटेल
संचालक सहित ३ पक्राउ ।
मिति २०६९।१०।२९ गते राति जि.कास्की पोखरा
उ.म.न.पा.वडा नं.-८ जाल्पारोडमा रहेको मुस्ताङ खाजाघरमा अनैतिक कृयाकलाप गरी रहेको
भन्ने सूचना अनुसार वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको गस्ती प्रहरी
टोलीले सो होटेलबाट संचालक टांसी गुरुङ तथा १ जना युबक र १ जना युबतीलाई पक्राउ
गरी केही सार्बजनिक अपराध मुद्दामा म्यादथप अनुमति लिई थप अनुसन्धान कारबाही भई
रहेको छ ।
साथै बिद्यालय पढ्न जान भनी घरबाट निस्किएका १ जना
छात्र र १ जना छात्रा बिद्यालय नगई सार्बजनिक स्थलमा अनैतिक कृयाकलापमा संलग्न
भएको अवस्थामा पोखरा उ.म.न.पा.वडा नं.-१३ भद्रकाली मन्दिर नजिकबाट बिहान अ.०८:००
बजेको समयमा पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।
मिति २०६९।११।०२ गते । जिल्ला
प्रहरी कार्यालय कास्की ।
No comments:
Post a Comment
Please, comment about this article.