मिति २०६९/११/१२ गते २२:४५ बजेको समयमा जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ( १ पृथ्वी नारायाण क्याम्पस देखि तल सेती खोला भन्दा माथिको चौरमा एक जना पुरुष ब्यक्तिको मृत शव छ भन्ने सूचना प्राप्त भए अनुसार यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दा जि. उदयपुर साउने गा.वि.स. वडा नं. ( ९ स्थायी घर भई हाल पोखरा उप.म.न.पा. वडा नं. १२ बस्ने बर्ष २६ को अमर राना मगर मृत अबस्थामा फेला परेको । निजको घांटी रेटिएको अवस्थामा शव फेला परी उक्त शवको घटनास्थलको प्रारम्भिक कारवाही पुरा गरी पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । उक्त घटनामा संलग्न जि. कास्की पोखरा ( ११ रानीपौवा बस्ने बर्ष ३५ की कल्पना नकर्मीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको तथा घटनामा संलग्न अन्य ब्यक्तिहरुको खोजतलास भईरहेको छ ।
मिति २०६९/११/१३ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की ।
No comments:
Post a Comment
Please, comment about this article.