Wednesday, January 23, 2013

नेपाल विद्यार्थी संघ लेखनाथ नगर समितिले प्रधानमन्त्रीको पुत्ला दहन


नेपाल विद्यार्थी संघ लेखनाथ नगर समितिद्धारा आयोजित मानव अधिकार र कानुनी राज्यका मुल्य र मान्यता विरुद्ध अग्रसर बाबुराम भट्टराई सरकारको विरुद्धमा विरोध सभा तथा एक घण्टा यातायात बन्द कार्यक्रम सम्पन्न भयो ।
सरकारले गरेका कार्यहरु निरंकुश बन्दै गइरहेको अवस्थामा ५ मिनेट पनी विधिको शासन सञ्चालन गर्न नसक्ने प्रधानमन्त्री डा. भट्टराईले ५ वर्ष यही सरकार सञ्चालन गर्ने अभिव्यक्ती दिनु र सहमतीको बाधक बनी देशलाई बन्दक बनाई मुटभेडको अवस्था सृजना गरेकोले त्यसको विरोधमा भएको कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति राजेन्द्रमणी लामिछानेले बहुलवादमा आधारीत संघिय लोकतन्त्र कानुनी राज्य, स्वतन्त्र प्रेस, मानवअधिकार, बौद्धिक स्वतन्त्रता विधिको शासनका निमित्त हरपल चनाखो रहन नेपाल विद्यार्थी संघलाई आग्रह गर्दै यो सरकारको विरुद्धको आन्दोलनको उद्घोष भैसकेकोले नेपाली जनताहरु यो सरकारले निरंकुशता लाद्न खोजेकोले सडकमा आउन बाध्य वनाई पत्रकार डेकेन्द्र थापाका आरोपीहरुले आरोप स्वीकारी सकेको अवस्थामा नेपाल सरकारका प्रमुखले अपराधीहरुलाई बचाउनलाई दिइएको संरक्षणको विरोध गर्नुपर्ने बताए ।
नेपाल विद्यार्थी संघ लेखनाथ नगर समिति सभापति सोमनाथ बराल (बिशाल) को सभापतित्वमा भएको कार्यक्रममा तरुणदल लेखनाथ सभापति सुरजजंङ्ग राणा, महिला नेत्री विन्दु सुवेदी, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरु मतिराम भण्डारी, पदम अधिकारी, नेवीसंघ कास्की सभापति कल्याण बाबु भण्डारी, विद्यार्थी नेता सरोज अधिकारी, गोवीन्द नेपाली लगाएतका वक्ताहरुले भट्टराई सरकारले तत्काल राजीनामा दिई विधिको शासन र मानवअधिकारको सम्मान गर्नुपर्ने बताए । लेखनाथको तालचोकमा भएको शो कार्यक्रममा नेपाल विद्यार्थी संघ लेखनाथ नगर समितिका सचिव हेमन्द पाण्डेले सञ्चालन गरेको विरोध सभाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुत्ला दहन गरी १ घण्टा ३० मिनेट पृथ्वीराजमार्गमा चक्का जाम गरेको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.