Monday, December 17, 2012

अपराध गतिबिधी-Crime News Pokhara



अपराध गतिबिधी
१)     बिभिन्न मितिमा अनैतिक कार्यमा संलग्न ब्यक्तिहरु पक्राउ :-

जिल्ला प्रहरी कार्यालय कास्की र अन्य प्रहरी कार्यालयले पोखरा उपत्यका भित्र सार्बजनिक सदाचार र सामाजिक मर्यादा कायम गर्ने उद्देश्यले अनैतिक कार्यमा सलग्न हुंने महिला र पुरुष उपर कारबाही चलाउन गत हप्ता चलाईएको अभियानमा पोखरा उपत्यका स्थित बिभिन्न स्थानहरुबाट निम्न अनुसार मानिसहरु पक्राउ गरी केही सार्बजनिक अपराध शिर्षकमा मुद्दा दर्ता गरी  थप अनुसन्धान कारबाही भई रहेको ।
निम्न
सि.न.
मिति
 स्थान
पक्राउ गर्ने कार्यालय
पक्राउ महिला
पक्राउ पुरुष
जम्मा
०६९।०८।२४ गते
पोखरा-२ बाग्लुङबसपार्क
व.प्र.का.बगर कास्की
०६९।०८।२५ गते
पोखरा-२ नालाकोमुख
,,
०६९।०८।२५ गते
पोखरा-२ बाग्लुङबसपार्क
,,
११
०६९।०८।२७ गते
पोखरा-६ लेकसाईड
व.प्र.का.बैदाम कास्की
०६९।०८।२८ गते
पोखरा-२ बाग्लुङबसपार्क
व.प्र.का.बगर कास्की
०६९।०८।३० गते
पोखरा-२ बाग्लुङबसपार्क
व.प्र.का.बगर कास्की
०६९।०८।३० गते
पोखरा-२ बाग्लुङबसपार्क
,,
०६९।०८।२९ गते
पोखरा-६ लेकसाईड
व.प्र.का.बैदाम कास्की
जम्मा
१५
१६
३१

२)        सवारी दर्ता किताव नबिकरण गर्ने भनी रकम लिई ठगी गर्ने पक्राउ ।

जि.स्याङजा चण्डीभन्ज्याङ- ७ घर भई हाल जि.कास्की पोखरा-८ सृजनाचोक बस्ने बर्ष-२७ को कृष्ण प्रसाद न्यौपानेले बिगत देखिनै सवारी साधनहरुको ब्लु बुक ( सवारी दर्ता किताव) यातायात ब्यवस्था कार्यालय गण्डकीबाट नबिकरण गराई दिने बहानामा सवारी धनीहरुसंग सवारी साधनको ब्लु बुक र रकम लिई नबिकरण गर्ने भनी ठगी गरेको खुल्न आएकोले निजको खोजतलासको क्रममा मिति २०६९।०८।२८ गते निजलाई बिभिन्न सवारी दर्ता किताबहरु सहित पक्राउ गरिएको थियो । सो घटनाको प्रारम्भिक अनुसन्धान गर्दा निजले आफ्नो सम्पर्कमा आएका ब्यक्तिहरुको सवारी दर्ता किताव नबिकरण गरि दिन्छु भनी सवारी दर्ता किताब लिई किर्ते तौरतरिका अपनाई दर्ता कितावमा नबिकरण गरी दिने तर बास्तबिक रुपमा उक्त दर्ता किताबहरुको नबिकरण नहुने खुल्न आएको छ । निज बिरुद्द ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट म्यादथप अनुमति लिई थप अनुसन्धान कारबाही भई रहेको छ ।

मिति २०६९।०९।०१ गते ।

No comments:

Post a Comment

Please, comment about this article.