Monday, November 5, 2012

Man Arrested with Drugs-लागू औषध सहित मानिस पक्राउ


    भारत मोतिहारी जिल्ला पूर्वी चम्पारन रघुनाधपुर बैजनाधपुर छौडदानो घर भई हाल जिल्ला तनहु छाङ्ग गा.वि.स. वडा नं. १ डेरा गरी बस्ने वर्ष ४८ को अशोक प्रसाद शाहले भारतको रक्सौलबाट अवैध लागू औषध खरिद गरी ल्याई लेखनाथ नगर क्षेत्रमा लागू औषध विक्री वितरण गर्दछ भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई कार्यालय पोखराबाट प्रहरी निरीक्षक विश्वराज सिंह थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले कास्की जिल्ला लेखनाथ नगरपालिका वडा नं. ७ तालचोकमा सवारी चेकजाँच गर्ने क्रममा निजले हाँकेको ग.४.प. ८६९३ नं. को कालो पल्सर मोटरसाईकल नियन्त्रणमा लिई तलासी लिने क्रममा मोटरसाईकलको डिकी भित्र लुकाई छिपाई राखेको अवैध लागू औषध नर्फिन ईन्जेक्सन १४४ थान, डाईजापाम ईन्जेक्सन १७१ थान, फेनरागन ईन्जेक्सन २११ थान, नगद नेपाली रुपैयाँ ३,००,०००।– (तिन लाख) र भारतीय रुपैयाँ २,१०,०००।– (दुई लाख दश हजार) सहित पक्राउ गरिएको । निजलाई लागू औषध मुद्धामा अनुसन्धान कारवाही भईरहेको ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.