Thursday, November 22, 2012

सवारी दुर्घटना-Bus Accident in Hamja,kaski,Nepal

१)    आज मिति २०६९/८/७ गते १:०० बजेको समयमा पोखरा बाट बाग्लुङ्ग तर्फ गईरहेको ग.१.ख. २१५६ नं. को यात्रुवहाक बस जि. कास्की हेम्जा गा.वि.स. वडा नं. ७ सुईखेत चोकमा पुग्दा अचानक सडक किनारामा पल्टिन गई दुर्घटना हुँदा निम्न मानिसहरु घाईते भई मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको, चालक जि. कास्की पोखरा १६ बाटुलेचौर बस्ने वर्ष २५ को विरेन्द्र दर्जीलाई पक्राउ गरी व.प्र.का. बगरको नियन्त्रणमा राखिएको, बस घटनास्थलमा नै रहेको ।

घाईतेहरुको बिवरण:
१)    जि. बाग्लुङ्ग न.पा. २ बस्ने वर्ष ६८ कि जयकली थापा
२)    जि. म्याग्दी तारगुम २ बस्ने वर्ष २७ कि डिल कुमारी परियार
३)    ऐ.ऐ. बस्ने वर्ष १९ कि सुशिला परियार
४)    ऐ.ऐ. बस्न वर्ष २४ को प्रेम परियार
५)    जि. बाग्लुङ्ग पैयूपाटा ४ बस्ने वर्ष ३१ कि माया देवी रेग्मी
६)    जि. म्याग्दी दरवाङ्ग ९ बस्ने वर्ष ३९ कि नर कुमारी सुनार
७)    जि. गोर्खा मान्वु ३ बस्ने वर्ष ४२ को राज कुमार गुरुङ्ग
८)    जि. बाग्लुङ्ग पाला ४ बस्ने वर्ष ७० को बालकृष्ण गौतम
९)    ऐ. पैयूपाटा ५ बस्ने वर्ष ५२ को देवी प्रसाद सुवेदी
१०)  जि. पर्वत शंकरपोखरी ४ बस्ने वर्ष ३५ को केशव रिजाल
११)  ऐ. खुर्कोट १ बस्ने वर्ष ३१ को रामचन्द्र बास्तोला

No comments:

Post a Comment

Please, comment about this article.