जि।कास्की पोखरा उ.म.न.पा.वडा नं.(२ मिरुवा स्थित रुद्र प्रसाद तिमिल्सेनाको श्रीमती बर्ष(३५ की मुना तिमिल्सेनालाई घाटीको पछाडीको भाग गर्धन रेटिएको अवस्थामा आफ्नै घरकोठामा मृत अवस्थामा रहेकी भन्ने आज मिति २०६९/०८/०१ गते बिहान ०७स्१५ बजेको समयमा यस कार्यालयमा टेलीफोन मार्फत् जानकारी प्राप्त हुंन आए अनुसार सो स्थानमा यस कार्यालय तथा वडा प्रहरी कार्यालय बगरबाट घट्नास्थल बिशेषज्ञ सहित प्रहरी अधिकृतको टोली खटिई गई मृत लाशको प्रारम्भिक कारबाही पुरा गरी पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा पठाईएको, वारदात स्थलबाटनै पक्राउ परेका मृतकका श्रीमान निज रुद्र प्रसाद तिमिल्सेनाले प्रारम्भिक सोधपुछमा बताए अनुसार घरायसी बादबिबादमा निजले राती सुती रहेको अवस्थामा आफ्नै घरमा रहेको खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको खुल्न आएको छ । घट्नास्थलबाट वारदातमा प्रयोग भएको खुकुरी थान(१ बरामद गरी थप अनुसन्धान कार्य भई रहेको छ ।
No comments:
Post a Comment
Please, comment about this article.