सवारी दुर्घटना
आज मिति २०६९।८।१० गते १२:१५ बजेको समयमा जि. कास्की
माझठाना गा.वि.स. वडा नं. ३ स्थित कृष्णभिर भन्ने स्थानमा पोखराबाट कास्की जिल्लाको थुम्सीकोट गा.वि.स. तर्फ गईरहेको ग.१.ख. २०३६ नं. को यात्रुवाहक बस सडक देखि अं. २०/२५ मिटर तल
खस्न गई दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका निम्न ८ जना यात्रुहरु घाईते भएको, निजहरुको प.क्षे. अस्पतालमा उपचार भईरहेको, चालक जि. कास्की माझठाना १ बस्ने वर्ष ३० को सिताराम तिवारी प्रहरी चौकी
शिसुवामा रहेको, उक्त बस सोही स्थानमा रहेको, घटनास्थलमा प्रहरी चौकी शिसुवाबाट प्र.नि.को कमाण्डमा ९ जनाको टोली परिचालन गरी उद्धार गरिएको ।
घाईतेहरुको नामावली :
१) जि. कास्की माझठाना २ बस्ने वर्ष ४० कि कुमारी घिमिरे ।
२) एै. मिजुरे २ बस्ने वर्ष ८० कि सुमित्रा बि.क. ।
३) एै. वडा नं. ३ बस्ने वर्ष १७ को सुशान्त शाही ।
४) ले.न.पा. ७ बस्ने वष ४९ कि दिलमाया सुनार ।
५) जि. स्याङ्गजा तेल्काचौर १ बस्ने वर्ष ३० चेत बहदुर गुरुङ्ग
६) भारत मोतिहारी घर भै पोखरा १४ चाउथे बस्ने वर्ष २० को दशचथ कोहार ।
७) एै.एै. बस्ने वर्ष १७ को जमसेद आलम ।
८) एै.एै. बस्ने वर्ष १८ को जावेद आलम ।
जुवातास खेल्नेहरु पक्राउ:
मिति २०६९/८/९गते जि. कास्की ढिकुरपोखरी गा.वि.स. वडा नं. २ स्थित पुन्य प्रसाद सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले तास तथा नगद रु . १,६७,९५०।– सहित निम्न मानिसहरुलाई पक्राउ गरी मिति २०६९/८/९ गते देखि लागू हुने गरी सम्मानीत कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति पत्र लिई जुवा मुद्धा दर्ता गरी कारवाही अनुसन्धान भईरहेको ।
पक्राउमा परेका व्यक्तिहरु :
१) जि. कास्की ढिकुरपोखरी ३ बस्ने मोहनध्वज कुंवर ।
२) ढिकुरपोखरी– २ बस्ने वर्ष पशुपति भुगाई ।
३) ढिकुरपोखरी– १ बस्ने लक्ष्मण दाहाल ।
४) ढिकुरपोखरी– २ बस्ने महेन्द्र कुंवर ।
५) ढिकुरपोखरी– १ बस्ने एक बहादुर कुंवर ।
६) ढिकुरपोखरी– ६ बस्ने राजकुमार गुरुङ्ग ।
७) ढिकुरपोखरी– ३ बस्ने कृष्ण बहादुर श्रेष्ठ
८) ढिकुरपोखरी– १ बस्ने एकाधर तिवारी ।
९) ढिकुरपोखरी– २ बस्ने दिपक अधिकारी ।
१०) ढिकुरपोखरी– २ बस्ने रेशम सुवेदी ।
११) ढिकुरपोखरी– ३ बस्ने बसन्त कुंवर ।
१२) ढिकुरपोखरी– २ बस्ने मिम बहादुर गौचन ।
१३) ढिकुरपोखरी– २ बस्ने रामचन्द्र थापा ।
१४) ढिकुरपोखरी– २ बस्ने धर्मराज सुवेदी ।
मिति : २०६९/०८/१० गते ।
कास्की जिल्ला प्रहरी कार्यालय,
No comments:
Post a Comment
Please, comment about this article.